Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

पद्मश्री साहित्य पुरस्कारको लागि छानियो उत्कृष्ट पाँच पुस्तक

पद्मश्री साहित्य पुरस्कारको लागि छानियो उत्कृष्ट पाँच पुस्तक

  • काठमाडौँ । पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अनुसार २०८१ सालमा प्रकाशित २०३ वटा साहित्यिक पुस्तक प्रतिष्ठानमा प्राप्त भएकोमा यस अघि पहिलो चरणमा छानिएका १५ पुस्तकबाट उत्कृष्ट पाँच पुस्तक छानिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन् ।

    AGNI GROUP

    उत्कृष्ट सूचीका परेका ५ पुस्तक१- छुदेन काविमोको आख्यान उरमाल२- रमेश भुसालको गैरआख्यान छालबाटो३- भवानी खतिवडाको नियात्रा प्रणाम सगरमाथा४- सरस्वती प्रतीक्षाको उपन्यास स्व५- तीर्थ गुरुङको उपन्यास हिउँको गीतअब यस सूचीबाट निर्णायक मण्डलले पद्मश्री साहित्य पुरस्कार चयन गर्ने बताइएको छ ।

    खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक बर्ष पद्माश्री साहित्य पुरस्कार, पद्माश्री साधना सम्मान र पद्माश्री गौरव पुरस्कार गरी तीन विधामा साहित्य पुरस्कार प्रदान गर्ने गर्दछ । हरेक पुरस्कारको राशी तीन लाख नगद र सम्मान पत्र रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij