Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आशाको दियो बोकेर सकुनाको अवतरण

आशाको दियो बोकेर सकुनाको अवतरण

  • दोलखाली चेली, समाजसेवी, संगीतप्रेमी नवगायिका सकुना श्रेष्ठको पहिलो कृति ‘आशाको दियो’ नामक पुस्तकको लोकार्पण भएको छ । प्रमुख अतिथि नेपाली सिनेजगत तथा रेडियो नाट्यसँग सम्बद्ध वरिष्ठ कलाकार एवम् समाजसेवी मदनदास श्रेष्ठद्वारा उद्घाटन गरिएको सो समारोहमा सर्जक सकुना श्रेष्ठ मलेकुको पहिलो कृति लोकार्पण गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    लोकार्पण कार्यक्रममा आध्यात्मिक व्यक्तित्व सपना माता, गजल गायक आनन्द कार्की, हास्य कलाकार किरण केसी, लोकार्पित पुस्तकका सम्पादक तथा पत्रकार रमेश खड्का, समीक्षक तथा लेखक भोजराज न्यौपाने, १५ पटकसम्म निरन्तर सगरमाथा आरोहण गर्ने दोलखा रोलवालिङ वेदिङका पर्वतारोही दावा छिरी शेर्पासहितबाट सो पुस्तकको लोकार्पण भएको हो ।

    AGNI GROUP

    d793c76a-2a89-42d3-ae76-81044da77465.jpg

    कार्यक्रम आयोजक समूहकी मञ्जु भट्टद्वारा स्वागत मन्तव्य व्यक्त गरेपछि कृतिकार सकुना स्वयम्ले स्वर दिएकी नारी प्रधान गीत ‘कति सहन्छौ पीर व्यथा’को संगीतमा श्री कला एकेडेमीका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए । जसको कोरियाग्राफरमा रुबी लामा र विमल मगरको पनि उपस्थिति थियो । पुस्तक ‘आशाको दियो’बारे सोही पुस्तकका सम्पादक तथा पत्रकार रमेश खड्का र समीक्षक भोजराज थापाले सर्जक सकुनाको पहिलो कृतिको अद्योपान्त विश्लेषण पाठकहरू स्वयम्ले पुस्तक पढि सकेर चिन्तन र मनन गर्नेछन् भन्ने अभिलाषा व्यक्त गर्दै कृतिमा भएको संघर्ष, आत्मीयता, धर्मदर्शन र समाजसेवामा उत्प्रेरणा जगाउनमा पूर्ण सहयोग मिल्ने धारणा राखेका थिए । कृतिकार सकुना श्रेष्ठ मलेकुले आफूले यथेष्ट र पर्याप्त जानेर सो पुस्तक प्रकाशन गर्न खोजेको नभई आफूभन्दा दिग्गज र अग्रजहरूको सल्लाह, सुझाव र हौसलाबाट उत्प्रेरित भएर जीवनमा घटेका अतीत र व्यतीत यथार्थलाई आफ्ना आफन्त र बुद्धिजीवीवर्गहरूमा अर्पण गर्न खोजिएको र जसको श्रेय आदरणीय वरिष्ठ कलाकार मदनदास श्रेष्ठ रहेको बताएकी छन् ।

    उनले आफू संगीत साधना, गीत तथा भजन गायन, समाजसेवासहित धर्म, कर्म र मर्ममा सधैं एकचित्त भइ लाग्न अवसर मिलाई दिएकोमा छोराछोरी बुहारीहरू लगायत आफ्ना घर परिवार, आफन्तजन, साथीसंगी र अग्रज व्यक्तित्वहरूप्रति आभारी रहेको बताइन् । प्रमुख अतिथि मदनदास श्रेष्ठले कृतिकार सकुना श्रेष्ठको आत्मवृत्तान्त सो पुस्तक ‘आशाको दियो’ प्रकाशनमा ल्याउनका लागि केही हौसला दिएको बताउँदै उनको हरेक क्षेत्रमा देखिएको लगनशीलता, इमान्दारीपन, सामाजिक कल्याणकारी मनलाई हृदयङ्गम गरेर आफ्नो जीवनको एउटा दर्शनीय विचारलाई पुस्तकमा निकाल्न पाएमा हरेक मनले संघर्ष र लगनशीलताको वास्तविक कुरा बुझ्ने अवसर मिल्नेछ भन्ने हेतुले आफूले घच्घच्याएको स्वीकारोक्ति व्यक्त गरे ।

    समारोहमा सर्जक सकुनाको जीवनका पाइलाहरूलाई भिडियो मार्फत् वृत्तचित्र देखाइएको थियो । मिडिया सर्भिस नेपालकै सञ्चालिका अनिता विन्दुले सञ्चालन गरेको सो समारोहलाई बाँपिझ्याला मिडियाका सञ्चालक एवं सम्पादक उपेन्द्र प्रधानले उपस्थित सम्पूर्णमा धन्यवाद दिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij