Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडाैँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता मृत फेला परेका छन्। जिल्लाको बागचौर नगरपालिका-१० मोखला नजिकै पार्टीको विशेष कमिटी सदस्य लोकमान केसी (महेन्द्र) बिहीबार बिहान मृत फेला परेका हुन्।
सल्यानको छत्रेश्वरी गाउँपालिका-४ झिम्पे ठुलीखर्क निवासी केसी मोखलाको जंगल नजिकै घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेर घटनाको अध्ययन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij