Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

जहाँ चिच्याएर मागिन्छ वर !

जहाँ चिच्याएर मागिन्छ वर !

  • बलेवा । आज मार्ग शुक्ल पक्षको पूर्णिमा तिथि । स्थानीय भाषामा यसलाई दिवाली पूर्णिमा भनिन्छ । धार्मिक परम्पराअनुसार आजको दिन बागलुङको बरेङ गाउँपालिका–३ मा रहेको सत्यावती मन्दिरमा रातको समयमा चिच्याएर वर माग्दा मनोकाङ्क्षा पूरा हुने मान्यता छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि आज साग्दी पुग्न गण्डकी र लुम्बिनी प्रदेशका धेरै जिल्लाका भक्तजन बागलुङको बरेङका लागि हिँडेका छन् ।

    onlinepatrika
    Arghakhachi

    गत वर्ष पूर्णिमाको दिन मात्रै दश हजारभन्दा बढी भक्तालुले चिच्याएर वर मागेका थिए । यो वर्ष भने सत्यावतीको मन्दिर साग्दीमा  भीड लाग्न पाइने छैन । विशेषगरी पूर्णिमाको रात प्रतिपदाको बिहान उज्यालो हुनुपूर्व वर माग्नुपर्ने मान्यता रहेको भए पनि मङ्सिर र पुसभर वर माग्दा मनोकाङ्क्षा पूरा हुने मान्यताले सत्यावतीमा भक्तजन पुग्ने गरेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा बताउनुहुन्छ ।

    AGNI GROUP

    कोरोना महामारीका कारण यो वर्ष एकै पटक धेरै जना भेला नहुन गाउँपालिकाले आग्रह गरेको छ । “समय सहज छैन, हजारौँको भीडले महामारी फैलिन सक्छ”, अध्यक्ष शर्माले भन्नुभयो, “हामीले व्यवस्थापनका लागि स्वयंसेवक खटाएका छौँ, आवश्यक परे सुरक्षाकर्मी पनि परिचालन हुन्छन् ।” उहाँले महामारीलाई ध्यानमा राखेर यो वर्ष एक साता पहिलादेखि नै भक्तजन आउने र फर्किने गर्न थालेको बताउनुभयो ।

    “तिथिमिति भन्ने छैन, पुस लागेपछि धेरै जिल्लाबाट आएर फर्किने हुनुहुन्छ”, शर्मा भन्नुहुन्छ, “हामी आग्रह गर्न चाहन्छौँ, भीड हुने गरी नआउनुहोला, पुसभर आउँदा हुने मान्यता रहेछ ।” बरेङको सत्यावतीमा बागलुङ, पर्वत, गुल्मी, स्याङ्जा, म्याग्दीलगायत जिल्लाबाट भक्तालु पुग्ने गरेका छन् । 

    परापूर्वकालमा महाशक्ति सत्यावती बराजुले चिच्याएर वर माग्दा दिनको उज्यालोमा मागेको वर अरू कसैले सुन्ने र बराजुले वर दिन नसक्ने मान्यताअनुसार हरेक वर्षको दिवाली पूर्णिमाको दिन भक्तालु त्यहाँ पुगेर वर माग्ने गरेको बरेङका स्थानीयवासी ओमप्रसाद पौडेलले बताउनुभयो । सत्यावतीमा पुगेर रातिमा मागेको वर पूरा हुने विश्वासले भक्तालुहरु त्यहाँ पुग्ने गरेका छन् ।

    सत्यावती बराजु बहिरा रहेकाले चिच्याएर वर माग्नुपर्ने र वर मागेको अरू कसैले देख्न नहुने मान्यता छ । पहिले हप्तौँ लामो बाटो हिँडेर सत्यावती पुग्ने गरेका भक्तालु यस वर्ष भने सवारी साधनको प्रयोग गरेर त्यहाँ पुग्ने क्रम जारी छ । रातिमा वर माग्नु पर्ने भएकाले अघिल्लो दिन त्यहाँ पुग्नुपर्ने र पूर्णिमाको रात वर माग्नका लागि रातमा लाइन बस्नुपर्ने भएकाले भक्तालुलाई समस्या हुने गरेको भक्तालु बोकेर कैयौँ पटक सत्यावती पुगेका सवारी चालक हर्कबहादुर तामाङ बताउनुहुन्छ । 

    पहिलेजस्तो यातायातको समस्या नभए पनि खानाबस्न समस्या हुने गरेको त्यहाँ पुगेका भक्तालुले बताउने गरेका छन् । हाल सत्यावती जानका लागि बागलुङ बजार हुँदै दुदिलाभाटी हुँदै बाटाकाचौर, बागलुङ–कुश्मीशेरा–बरेङ हुँदै बाटाकाचौरसम्म कच्ची सडक सञ्चालनमा रहेकाले समस्या नरहेको उहाँले बताउनुभयो ।

    यस वर्ष सत्यावती दर्शनका लागि पुग्नेहरु कम हुने गाउँपालिकाको आङ्कलन छ । हाल मन्दिर आसपासमा निर्माण गरिएका दुईवटा सामुदायिक भवनबाहेक बस्नका लागि अन्य पूर्वाधार नभएको स्थानीय बताउँछन् । गाउँपालिकाले रणनीतिक योजना नै बनाएर सडक सञ्जालसँग सत्यावतीलाई जोडेको छ । 

    आदिकालमा सत्यावती बराजुका सात बहिनीमध्ये एक बहिनी बागलुङमा बसेको र उनले रातको समय मागेर भक्तजनलाई वर दिने गरेको किंवदन्तीका आधारमा भक्तालु त्यहाँ जाने गरेको बूढापाकाहरु बताउँछन् । पाल्पामा रहेको सत्यावती बराजु, गुल्मीमा रहेको मालिकामाईको भने कार्तिक शुक्ल पूर्णिमामा पनि दर्शन गर्न सकिने मान्यता छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij