Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

आशिष स्मृति पत्रकारिता पुरस्कार घिमिरेलाई

आशिष स्मृति पत्रकारिता पुरस्कार घिमिरेलाई

  • इलाम। पत्रकार आशिष राईको स्मृतिमा स्थापित ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष इलामका पत्रकार गणेश घिमिरेलाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासङ्घ इलामको आज बसेको बैठकले पुरस्कार आउँदो माघ १० गते प्रदान गरिने निर्णय गरेको हो । घिमिरे डेढ दशकदेखि इलामलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै रहनुभएको छ । 
       
    विसं २०६२ मा ‘पूर्वाञ्चल दैनिक’बाट पत्रकारितामा पाइला चाल्नुभएका उहाँले ‘सन्दकपुर’ दैनिक, ‘विवेचना’ दैनिक, ‘तराई टेलिभिजन’ र ‘आर्थिक अभियान’मा काम गरिसक्नुभएको छ ।  घिमिरे हाल इलामको रेडियो ‘नेपाल वाणी एफएम’का समाचार सम्पादक, ‘इलाम एक्सप्रेस’ दैनिकका संवाददाता र ‘नेपाल समाचारपत्र’का इलाम संवाददाता हुुनुहुन्छ ।  

    onlinepatrika
    Arghakhachi

    पत्रकार महासङ्घ इलामले वर्षेनी साविक मेचीका एक पत्रकारलाई पुरस्कार गर्ने गरेको छ ।  रेडियो नेपालका इलाम संवाददाता आशिष राईको नयाँ वर्ष मनाउँदा २०५९ साल वैशाख १ गते इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको थियो ।  यसअघि सो पुरस्कारबाट बेनुप भट्टराई, गणेश साङ्पाङ, मोहन काजी, रमेश समदर्शी, गोविन्दप्रसाद लामिछाने, कोकिला ढकाल, राजु शिवा, भीम चापागार्इँ, तोयानाथ भट्टराई, सीता निरौला, आनन्द गौतम, चन्द्र पन्दाक, राजकुमार दाहाल, नमीन ढकाललगायत पुरस्कृत भइसक्नुभएको छ ।  हरेक वर्ष वैशाख १ गते प्रदान गरिने सो पुरस्कार घोषणा कोरोना भाइरसको कारण स्थगन भएको थियो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij