Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

 ‘खानेपानीका धारा नभएका हरेक घरमा धाराको व्यवस्था हुन्छ’

 ‘खानेपानीका धारा नभएका हरेक घरमा धाराको व्यवस्था हुन्छ’

  • काठमाडौं । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले प्रदेश सरकारले धारा नभएका हरेक घरमा खानेपानीको धारो व्यवस्था गर्ने बताउनुभएको छ । 

    onlinepatrika
    Arghakhachi

    उहाँले अहिलेको युगमा समेत एकगाग्री खानेपानीका लागि पनि घण्टौँ हिँड्नुपर्ने वाध्यता रहनु दुःखद् भएको उल्लेख गर्नुभयो । हेटौँडा उपमहानगरपालिकाको एउटा वडामा खानेपानीका लागि तीन घण्टासम्म हिँड्नुपर्ने वाध्यता रहेको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशन प्रसारण भएपछि मन्त्री फुँयालको पहलमा भौतिक पूर्वाधार विकास मन्त्रालयमा आयोजित सरोकारवालाको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तत्काल खानेपानीको व्यवस्था गर्न निर्देशन दिनुभयो । प्रदेश सरकारको ‘एक घर, एक धारा’को नीति रहेको उल्लेख गर्दै उहाँले हरेक घरमा धारा बनाउनुपर्ने धारणा राख्नुभयो । 

    AGNI GROUP

    कार्यक्रममा मन्त्रालयका सचिव सञ्जीव बरालले खानेपानी कार्यालयका प्रमुखलाई आगामी असारअगावै ट्याङ्की निर्माणको काम सम्पन गर्न निर्देशन दिँदै आवश्यक सहकार्यका लागि मन्त्रालय तयार रहेको बताउनुभयो । उहाँले उक्त क्षेत्रमा खानेपानीको व्यवस्था गर्न मन्त्रालयले बजेट विनियोजन गरिसकेको जानकारी दिनुभयो । 

    हेटौँडा–१९ का वडाध्यक्ष नवराज सुवेदीले भौगोलिकरुपमा समेत विकट रहेको आफ्नो वडाका केही भागमा खानेपानीलगायत सडक सञ्जालको समेत विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उक्त वडाका ६०३ घर परिवारसँग खानेपानीको धारा नभएको र नजिकै पानीको स्रोतसमेत नभएकाले एकगाग्री पानीका लागि तीन घण्टासम्म हिँड्नुपर्ने बाध्यता रहेको उहाँले जानकारी गराउनुभयो । आफूहरुले हरेक वर्ष पानीको व्यवस्थापनका लागि काम गरिरहेको बताउँदै वडाध्यक्ष सुवेदीले मुहानबाट पानीलाई एकीकृत गरी मध्य भागमा सामूहिक कुवा तथा धारा निर्माण गर्ने काम गरिएको जानकारी दिनुभयो । छलफलमा पत्रकार मान्वी बानियाँले आफूहरुले उठान गरेको विषयवस्तुको बारेमा प्रदेश सरकारका सम्बन्धित मन्त्रीले नै चाँसो दिएर समस्याको समाधानका लागि पहल गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij