Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

कञ्चनजङ्घामा आन्तरिक पर्यटकको चहलपहल

कञ्चनजङ्घामा आन्तरिक पर्यटकको चहलपहल

  • दिलकुमार लिम्बू, फुलिङ्लिङ । फुङ्लिङकी मनिषा तामाङलाई नजिकबाट कञ्चनजङ्घा हिमाल आधार शिविर पुग्ने रहर सानैदेखि थियो । पढाइ र घरायसी कामका कारण जान पाएकी थिइनन् । यस वर्षको दशैँ बिदामा उनले त्यो रहर पूरा गरिन् । 

    onlinepatrika
    Arghakhachi

    “पहिले त हिमालमा विदेशी मात्रै जान्छन् जस्तो लाग्थ्यो तर त्यस्तो होइन रहेछ”, उनले भनिन्, “आफ्नै जिल्लामा रहेको विश्वको तेस्रो अग्लो हिमालको फेदमा पुग्दा निकै खुशी लागेको छ ।” कञ्चनजङ्घा हिमाल, आधार शिविर, पदमार्ग, बाटामा देखिने हिमाली दृश्य आफूले सुनेभन्दा निकै राम्रो लागेको उनको अनुभव छ । मनिषा मात्रै होइन पछिल्लो एक महिनामा ७० भन्दा धेरै जिल्लावासी कञ्चनजङ्घा आधार शिविर पुगेर फर्किएका छन् । सय हाराहारी यात्रामा छन् । कोहिले भने जाने योजना बनाउँदै गरेको आधार शिविर प्रवेशद्वार घुन्साका व्यवसायी धार्के शेर्पाले बताउनुभयो । 

    AGNI GROUP

    “अघिल्लो वर्षहरुमा नेपाली खासै आउँदैनथे । त्यसमा पनि घुम्नैका लागि भनेर ताप्लेजुङ्गे आएको मलाइ थाहा थिएन”, उहाँले भन्नुभयो, “अहिले जिल्लाकै मानिस धेरै आइरहेका छन् ।” विदेशी पर्यटक नआएको समयमा आन्तरिक पर्यटकले भए पनि आफूहरुलाई केही राहत भएको उहाँको भनाइ छ । विदेशी भने एक जना अमेरिकी र एक जना चिनियाँ मात्रै गएको उहाँले सुनाउनुभयो । 

    कोरोना माहामारीका कारण सरकारले लकडाउन गरेपछि विदेशी र स्वदेशी पर्यटकले घुम्न पाएनन् । पर्यटकीय क्षेत्रका होटल÷पसल पनि बन्द भए । चैतयता पर्यटकीय गतिविधि ठप्प नै भयो । अहिले माहामारीकै अवस्था रहे पनि जिल्लाका पर्यटकीयस्थलमा चहलपहल बढेको छ । आन्तरिक पर्यटकले भए पनि केही आशा जगाएको कञ्चनजङ्घा आधार शिविरमा पर्ने ग्याब्लाका पासाङ शेर्पाले बताउनुभयो । 

    फुङ्लिङ नगरपालिका–४ का वडाध्यक्ष जितेन लिम्बू गत हप्ता आधार शिविर ९पाङ्पेमा० पुगेर फर्किनुभयो । छ जनाको टोलीसहित जानुभएका उहाँको पनि जाने रहर भने पहिल्यैदेखिको थियो । “बाहिरका साथीले कञ्चनजङ्घाको बारेमा सोध्थे । त्यसबेला बताउन आफैँलाई अप्ठ्यारो लाग्थ्यो”, लिम्बूले भन्नुभयो, “एक पटक पुग्नै पर्ने ठाउँ रहेछ ।” पछिल्लो समय नेपालीमा घुम्ने बानीको विकास भइरहेको र त्यसलाई राज्यले थप प्रवद्र्धन गर्नुपर्ने कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पूर्वकार्यालय सचिव तेञ्जिङ वालुङ बताउनुहुन्छ । “आफ्नो देश÷जिल्ला÷गाउँ घुम्न चाहनेलाई राज्यले प्रोत्साहन गर्नुपर्छ, विभिन्न छुट र बिदा दिने योजना ल्याउनुपर्छ”, उहाँले भन्नुभयो ।  

    भदौ–कात्तिक र फागुन–वैशाख यहाँ पर्यटक आउने ‘सिजन’ हो । अघिल्लो वर्ष एक हजार ३०० ले आधार शिविर घुमेको परिषद्को तथ्याङ्क छ । कञ्चनजङ्घा पदमार्गमा ६२ वटा होटल सञ्चालनमा छन् । नेपालमा कोरोना फैलिएपछि ती सबै बन्द थिए । अहिले आन्तरिक पर्यटक गएपछि अधिकांश होटल खुलेका छन् भने केही बन्द नै छन् । 

    पदमार्गमा पर्ने सेकाथुम, जापानटार, आम्जिलेसा, ढाङ्ग्याम, ग्याब्ला, फले, घुन्सा, खम्वाचेन, लोनाक, चेइराम, सेलेले, ओक्तान र तोरोङ्देनका स्थानीयवासी हिमाल घुम्न आउने पर्यटकमै आश्रित छन् । पर्यटक नआएपछि आफूहरु मारमा परेको फलेका नोर्बु शेर्पाले बताउनुभयो । सिरिजङ्घा गाउँपालिकामा पर्ने आठ हजार ५८६ मिटर अग्लो कञ्चनजङ्घा हिमालका दुई आधार शिविर छन् । पाङ्पेमा रहेको उत्तरी आधार शिविर हो । यहाँबाट हिमाल हेर्न मात्रै सकिन्छ । हिमाल चढ्ने दक्षिणी आधार शिविर ओक्तानबाट हो । 

    आधार शिविर जाने पदमार्ग पनि दुई वटै छन् । सदरमुकाम फुङ्लिङबाट सिरिजङ्घा गाउँपालिकाको हप्पुखोला–याम्फुदिन हुँदै एउटा र फक्ताङलुङ गाउँपालिकाको तापेथोक–घुन्सा हुँदै जाने अर्को । एउटा आधार शिविर मात्रै गए फुङ्लिङबाट ८–१० दिन र दुवै गए १५–२० दिन लाग्छ । फुङ्लिङबाट पदमार्गमा होटल र टि हाउस प्रशस्तै रहेकाले दुवै आधार शिविर पुग्न सहज रहेको तापेथोकका व्यवसायी सुसन लिम्बूले बताउनुभयो । रासस 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij