Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ४८४ जना चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
ट्राफिक प्रहरीले मापसे गरी सवारी चलाउने, फुटपाथमा पार्किङ गर्ने, ट्राफिक बत्तीको उल्लङ्घन गर्ने लगायतका चालकहरूलाई कारबाही गरेको हो ।
कारबाहीमा परेका मध्ये फुटपाथमा पार्किङ गर्ने १७८ जना, मदिरा पिएर सवारी साधन चलाउने १२० जना, अवस्था ठीक नभएको सवारी चलाउने ११४ जना रहेका छन् ।
त्यसलगतै हर्नको अनावश्यक प्रयोग गर्ने ७० जना, सडक लेन उल्लङ्घन गर्ने ५२ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ११० जना, रातो बत्तीको उल्लङ्घन गर्ने ८४ जना र क्षमताभन्दा बढी यात्रु राख्ने २९ जना चालकहरू पनि कारबाहीमा परेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij