Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

धुुलिखेलमा थपियो अर्को पर्यटकीय गन्तव्य

धुुलिखेलमा थपियो अर्को पर्यटकीय गन्तव्य

  • बनेपा । धुुलिखेलस्थित देवीस्थान डाँडामा राष्ट्रिय विभूति वीर बलभद्र कुँवरको शालिक निर्माण गरिएको छ । यससँगै पर्यटकको आगमन समेत बढ्न थालेको छ ।  आन्तरिक तथा बाह्य पर्यटक आउन थालेपछि यहाँ साना घुम्ती पसलदेखि होटल रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै गएको छ । शालिक तथा उद्यान निर्माण उपभोक्ता समितिका अध्यक्ष गोकर्ण चौलागार्इंले तत्कालीन नालापानी युद्धका सेनापति कुँवरको शालिक निर्माणले र उद्यान निर्माणले पर्यटन प्रबद्र्धनमा थप टेवा पुगेको जानकारी दिनुभयो ।

    onlinepatrika
    Arghakhachi

    धुलिखेल नगरपालिकाको आर्थिक सहयोगमा विष्णु दल गण धुलिखेल र उपभोक्त समितिको श्रमदानमा  शालिकसहितको उद्यान निर्माण गरिएको जनाइएको छ  ।  उहाँले भन्नुभयो, “यस देवीस्थानडाँडाको लागि अर्को नमूना गन्तव्य हो ।” आठआना जग्गामा निर्माण गरेको शालिकसँगै उद्यान निर्माणका लागि अझै बाँकी रहेको उहाँको भनाइ छ । “अहिले शालिक आसपास सानो उद्यानमात्रै बनेको छ, कोभिडको कारण तत्काल बजेट अभाव भएकाले विस्तृत रुपमा उद्यान निर्माण गर्न पाइरहेको छैन । ”अध्यक्ष चौलागाईँ भन्नुभयो, “अब शालिक अगाडिको चौरलाई ठूलो उद्यान निर्माण गरेपछि यहाँको सौन्दर्यमा थप आकर्षक बन्नेछ ।”

    AGNI GROUP

    प्राकृतिक रमणीयस्थलसँगै बनेको भौतिक संरचनाले मान्छेको आगमन वृद्धि भएको यहाँका बासिन्दा बताउँछन् । पहिला नाङ्गै देखिन डाँडा अचेल होटल व्यवसायको लागि बन्दै गरेका टहरा र पक्की भवनले भरिन थालेका छन् । पर्यटकको गन्तव्यका लागि थप व्यवस्थित बन्दै गएको र  यहाँका साना लगानीमा व्यवसाय गर्नेहरुले पनि आफ्नो गुजारा चलाउन सहज भएको उहाँहरु बताउनुहुन्छ ।

    PL_Banepa_0732.jpg

    अग्लो डाँडा र स्वच्छ हावापानी र घमाइलो वातावरण भएको कारण देवीस्थानडाँडा पर्यटकको रोजाइँको गन्तव्य बनेको हो । यहाँको प्राकृतिक सेल्फी ढुङ्गा, बुद्ध पार्क, चौरमा खेल्न र घोडा चढेर आनन्द लिन पाउनुका साथै पछिल्लो समयमा नगरपालिकाले पर्यटन प्रबद्र्धनका लागि शान्ति उद्यान, वीर बलभद्र कुँवरको शालिकसहितको उद्यानलगायतका भौतिक संरचना निर्माण गरेपछि पर्यटक बढ्न थालेका हुन् । धुलिखेल बजारको पिपलबोटबाट त्यहाँ जनाका लागि हजार सिँढी र मोटरबाटोसहितको सुविधा भएका कारण पनि देवीस्थानडाँडा सबैको रोजाइँमा परेको हो ।

    बुधबार वीर बलभद्र कुँवरको शालिक अनावरण भएसँगै पर्यटकको वृद्धि हुने अपेक्षा गरिएको छ । काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले इतिसालाई पनि सम्मान गर्ने र ऐतिहासिक पुरुषको पनि उत्तिकै सम्मान गरेको बताउनुभयो ।
    नगरपालिका प्रमुख अशोक ब्याञ्जूले नगरपालिका विष्णुदल गण र स्थानीय उपभोक्ताको पहलमा निर्माण भएको शालिक र उद्यानले पर्यटन प्रबद्र्धनमा अर्को सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल एकीकरणको वीर पुरुषको सम्मान र सम्झनामा निर्माण गरेको शालिकले इतिहासको सम्मानसँगै भावी पुस्ताको लागि पनि सिक्ने पाउने अध्ययन थलोको रुपमा स्थापित गर्न उद्यान निर्माण गरेको उहाँले बताउनुभयो । नगरपालिकाले हालसम्ममा ३६ वटा उद्यान निर्माण गरिसकेको जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij