Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

कैदीलाई चुनावमा अवसर

कैदीलाई चुनावमा अवसर

  • काठमाडौं । कैदीबन्दीले मंसिर ४ गते आफूलाई मन परेको पार्टीलाई मतदान गर्न पाउने भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा कारागारमा रहेका कैदीबन्दीले समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगका उपसचिव तथा सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ नेपालको संविधान २०७२ ले मतदान गर्न पाउने कानुनी व्यवस्था गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    देशभरीका ७४ वटै कारागारहरूमा राखिएको अस्थायी मतदानस्थलमा कम्तिमा ३ हजारको हाराहारीमा कैदीबन्दीले मतदान गर्नेछन् । तर निर्वाचन कसूरमा सजाय पाइरहेका कैदीलाई भने मतदानमा रोक लगाइएको छ । देशैभर कम्तिमा २५ हजार ९ सय ६ कैदीबन्दी रहेको कारागार विभागको तथ्यांक अनुसार रहेको छ । २०७२ को संविधान जारी भएपछि कैदीबन्दी, सुरक्षाकर्मी, वृद्धा श्रममा रहेका वृद्धवृद्धाहरूले पहिलोपटक समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्दैछन् । 

    AGNI GROUP

    ऐनका अनुसार सरकारी कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी, सरकारबाट स्वीकृत लिई सञ्चालन भएको वृद्धा श्रममा बसेका व्यक्तिले पनि प्रतिनिधिसभा सदस्य तर्फको समानुपातिक निर्वाचनमा मतदान गर्न पाउने उल्लेख छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij