Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

नागरिकको अवस्थालाई सुधार गरी गुणस्तरीय जीवन बनाउन कार्ययोजना तयार गरेको छु : जेसन देव वैद्य

नागरिकको अवस्थालाई सुधार गरी गुणस्तरीय जीवन बनाउन कार्ययोजना तयार गरेको छु : जेसन देव वैद्य

  • ललितपुर । ललितपुर क्षेत्र नं. ३ मा जेसन देव वैद्य प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार हुन् । वैद्यलाई समाज सेवकका रुपमा पनि चिनिन्छ । विगत ५ बर्षदेखि राजनितिमा प्रवेश गरेका वैध्य देशको जनताका हित र भलाईका लागि सधैँ अग्रसर रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    वैद्यले जनतासमक्ष आफ्नो सुमधुर सम्बन्ध रहेको र विजयी पक्का पक्की भएको बताइरहँदा हामीले वैद्यलाई जनताको तर्फबाट केही प्रश्नहरु सोधेका छौँ । चुनावी प्रचारमा व्यस्त रहेका वैध्यसँग अनलाइन पत्रिकाकर्मी सरिना महर्जनले गरेको चुनावी सम्वाद जस्ताको तस्तैः

    AGNI GROUP

    "देश विकासका लागि युवाहरुको विशेष भुमिका रहने भएकोले उनीहरुलाई विदेश पलायन हुनबाट रोकी देशमै उनीहरुको क्षमता र रुचीअनुसार रोजगारीको अवसरहरु सृजना गर्ने योजना रहेको छ । बन्द भएका पुराना तथा नयाँ उद्योगको सरकारीस्तरबाटै विकास र प्रवद्र्धनका लागि पहल गराउन जोड दिन्छौँ ।

    त्यस्तैगरी देशको भ्रष्टचारलाई न्युनीकरण वा निर्मूलीकरण गर्न विकसित प्रविधिको प्रयोग गर्ने नीति रहेको छ । साथै अव्यवस्थित रुपमा रहेका राष्ट्रिय सम्पतिको संरक्षण गरी त्यसलाई उत्पादनमूलक कार्यमा लगाउने कार्यनीति रहेको छ । विशेषगरी नागरिकहरुको आर्थिक अवस्था सुधार गर्न नसकेसम्म समाजमा रहेका विभिन्न समस्याहरुको समाधान गर्न सकिदैँन । त्यसैले नागरिकको अवस्थालाई सुधार गरी गुणस्तरीय जीवन बनाउन विशेष कार्ययोजना तयार गर्नेछौँ ।" 

    विजयीको लागि चुनावी दौडधुपमा व्यस्त उम्मेदवारहरुले प्रचारप्रसारका लागि कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी प्रचार प्रसारका लागि समय पाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij