Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

नेपालमा बहिरा शिक्षकहरुका लागि शिक्षक अनुमति पत्र प्राप्त गर्ने व्यवस्था मिलाउने छुः राधव वीर जोशी

नेपालमा बहिरा शिक्षकहरुका लागि शिक्षक अनुमति पत्र प्राप्त गर्ने व्यवस्था मिलाउने छुः राधव वीर जोशी

  • काठमाडौं । बागमती प्रदेश नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)बाट राधव वीर जोशी समानुपातिक प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन् । जोशी पुर्व सभासद र बहिरा संघका अध्यक्ष समेत भइसकेका थिए भने अहिले सल्लाकारका रुपमा रहेका छन् । उनले २०६४ सालमा समानुपातिकबाट अपाङ्गता, अल्पसंख्यक र सिमान्कृत समुदायको अधिकार संरक्षण गर्न लागि आवाज उठाउदै आएका छन् ।

    onlinepatrika
    Arghakhachi

    जोशीले जनतासमक्ष आफ्नो सुमधुर सम्बन्ध रहेको र विजयी पक्का पक्की भएको बताइरहँदा हामीले जोशीलाई जनताको तर्फबाट केही प्रश्नहरु सोधेका छौँ । चुनावी प्रचारमा व्यस्त रहेका जोशीसँग अनलाइन पत्रिकाकर्मी इना महर्जनले गरेको चुनावी सम्वाद जस्ताको तस्तैः

    AGNI GROUP

    ‘‘नेपालमा बहिरा शिक्षकहरुका लागि शिक्षक अनुमतिपत्र प्राप्त गर्ने व्यवस्था मिलाउनेछु । राष्ट्रिय संस्कृत भाषालाई मान्यता दिई विकासमा जोड दिनेछु । बहिरा सवारी चालकहरुलाई सवारी चालक अनुमति पत्र प्राप्त गर्न विशेष पहल गर्नेछु । दोभाषीहरुको व्यवस्था गर्ने, अपाङ्गता भएका व्यक्तिहरु लागि बिमाको सेवा सुविधा उपलब्ध गराउने, अपाङ्ग भएकाहरुलाई रोजगारी तथा खेलकुदकमा सहभागिताको सुविधा र स्वास्थ्य सेवा निःशुल्क दिने तथा सिप विकासका लागि तालिमको व्यवस्था गराउने कार्ययोजना रहेको छ ।’’

    विजयीको लागि चुनावी दौडधुपमा व्यस्त उम्मेदवारहरुले प्रचारप्रसारका लागि कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी प्रचार प्रसारका लागि समय पाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij