Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

पूर्णअशक्त दिदीबहिनीको पुनःस्थापना

पूर्णअशक्त दिदीबहिनीको पुनःस्थापना

  • खलङ्गा । जुम्लाको गुठिचौर गाउँपालिका –२  निवासी पूर्ण अशक्त निर्मला बुढा र विष्णुमाया बुढालाई मानवसेवा आश्रममा पुनः स्थापन गरिएको छ ।

    images
    images
    images

    अपाङ्गता भएका उनीहरुको संरक्षणको अभाव भएपछि गाउँपालिका, स्थानीय प्रशासन, अपाङ्गता पुनस्र्थापन तथा विकास केन्द्रको पहलमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको मानवसेवा आश्रममा तत्कालका लागि पुनःस्थापन गरिएको जनाइएको छ  । उनीहरुको १२ वर्ष बढी समयमा जुम्लामा नै संरक्षण भइरहेको थियो ।  


    गुठिचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले रु १५ हजार तीन जनालाई यातायात खर्च र १० हजारको मानवसेवा आश्रमलाई कपडा वा कुनै सहयोगका लागि गरेर रु २५ हजार सहयोग गर्ने निर्णय भएको बताउनुभयो ।  आठ वर्षसम्म स्थानीय चन्दननाथ नगरपालिका– ३ निवासी सम्झना शाहीले घरमा उनीहरुलाई संरक्षण गरिरहनुभएको थियो । उहाँ सदरमुकाम बाहिर रोजागारीको सिलसिलामा सिँजामा गएकाले संरक्षण अभाव भएको जनाउँदै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा र गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीसहितको सरोकारवाला निकायको स्थानीय प्रशासनमा बैठकले सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीको समन्वयमा आश्रममा पठाउने निर्णय गरेको थियो ।

    गाउँपालिकाले आवश्यक कागजात पु¥याएर भाडासहित जहाँजमा सुर्खेत पठाएपछि आश्रममा तत्कालका लागि व्यवस्थापन गरिएको महिला विकास अधिकृत ज्ञवालीले बताउनुभयो ।  अपाङ्गता पुनस्थापन तथा विकास केन्द्रका अध्यक्ष नन्दराज धितालका अनुसार तत्कालीन समयमा जिविसको सहयोगमा जिल्लामै पुनस्थापना केन्द्र निर्माण गर्ने उद्देश्यले भवन शुरु गरिएको थियो । सङ्घीय संरचनापछि सो भवन अधुरो भएकाले अहिले सडकमा धेरै व्यक्तिलाई पुनस्थापन गर्न नसकिएको  जनाइएको छ ।  रासस

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij