Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

मदिरा बिक्रि वितरण र सेवन नगर्न आयोगको निर्देशन

मदिरा बिक्रि वितरण र सेवन नगर्न आयोगको निर्देशन

  • काठमाडौँ । निर्वाचन आयोगले मतदानको मितिभन्दा ४८ घण्टाअघिदेखि मतदान गणना नभएसम्म मदिरा बिक्रि वितरण र सेवन गर्न निषेध गर्ने निर्णय गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि प्रचारप्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न रोक लगाएको हो ।
       
    प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०७९ को दफा २५ मा निर्वाचन अधिकृत तथा मतदान अधिकृतलाई मतदान तथा मतगणनाको अवधिमा शान्तिपूर्ण अवस्था कायम राख्नका लागि सो निर्णय लिएको आयोगले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    आयोगको सो निर्णय विपरीत कहीँकतैबाट मदिराको बिक्री वितरण, ओसारपसार र सेवन गरेको गराएको वा निर्वाचनको शान्ति भङ्ग गराएको पाइएमा आवश्यक कारबाहीका लागि नजिकको प्रहरीलाई सूचना गर्न आमनागरिकलाई अनुरोधसमेत गरेको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij