Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

नगरपालिकाको कार्यालय भवन निर्माणका लागि जग्गादान

नगरपालिकाको कार्यालय भवन निर्माणका लागि जग्गादान

  • जलेश्वर । महोत्तरीको भङ्गहा नगरपालिकाको कार्यालय भवन निर्माणका लागि यहाँका समाजसेवीले रु एक करोडभन्दा बढी मूल्य पर्ने जग्गा दान गर्नुभएको छ ।

    onlinepatrika
    Arghakhachi

    भङ्गहा नगरपालिका–५ का कामेश्वर पाण्डेले नगरपालिकाको कार्यालय भवन निर्माणका लागि रु एक करोडभन्दा बढी मूल्य पर्ने पाँच कठ्ठा पाँच धुर जग्गा दान गर्नुभएको नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले जानकारी दिनुभयो । 

    AGNI GROUP

    आफ्नै कार्यालय भवनको अभावमा विभिन्न समस्या हुने गरेको तथा नगरवासीको सेवा प्रवाहमा समेत अवरोध खडा हुने गरेको कुरालाई देखेर नगरप्रमुख साहको विशेष अनुरोधमा मनकारी पाण्डेले भङ्गहा बजार क्षेत्र नजिकै रहेको सो जग्गा दान गर्नुभएको हो । त्यस क्षेत्रमा धुरको रु एकदेखि दुई लाखसम्ममा जग्गा किनबेच हुने गरेको छ ।

    नगरप्रमुख साहले जग्गादातालाई विशेष धन्यवाद दिदैं सो जग्गामा कार्यालय भवन निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेकोे बताउनुभयो । 

    यसैबीच बर्दिवास नगरपालिकाले गत आर्थिक वर्षमा करीब रु १६ करोड सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीका अनुसार आव २०७६÷७७ मा बर्दिवास नगरपालिका क्षेत्रभित्रका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई नगरपालिकाबाट रु १५ करोड ९६ लाख ९५ हजार रकम वितरण गरिएको हो ।

    बर्दिवास नगरपालिकामा बसोबास गर्दै आएका दुई हजार ६०६ ज्येष्ठ नागरिकलाई रु नौ करोड ८० लाख ६००, एक हजार ४४९ एकल महिलालाई रु तीन करोड ४९ लाख ६० हजार, ५४६ अपाङ्गता भएका व्यक्तिलाई रु एक करोड २४ लाख १८ हजार ४०० र चार हजार ७२६ बालबालिकालाई रु दुई करोड १२ लाख ३६ हजार सामाजिक सुरक्षावापत वितरण गरिएको बर्दिवास नगरपालिकाका प्रशासन शाखा प्रमुख चन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

    उहाँले नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता पाउने सम्पूर्ण व्यक्तिलाई यसअघि घरमा भत्ता वितरण गर्दै आएकामा अहिले बैंकमार्फत भुक्तानी गरिएको बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij