Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

सुकुम्बासी बस्तीबारे विकास मन्त्री चौधरीको चासो

सुकुम्बासी बस्तीबारे विकास मन्त्री चौधरीको चासो

  • काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले सुकुमबासी बस्ती व्यवस्थापनबारे चासो राखेका छन् ।

    onlinepatrika
    Arghakhachi

    वागमती सभ्यता एकीकृत विकास समितिले वागमती नदी, सहायक नदी तथा उप सहायक नदी करिडोर खाली गराउन लागेको  बेला मन्त्री चौधरीले यस प्रक्रियामा सम्बद्ध निकायका प्रतिनिधिसँग छलफल गरेका छन् । मन्त्रीले असली सुकुमबासीको पहिचान गरि उनीहरुको जिविकोपार्जनका उपायलगायतका समस्या समाधानका लागि निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

    AGNI GROUP

    बैठकले आफ्नो कार्यक्षेत्रभित्र गर्नुपर्ने कार्य तत्काल सम्बन्धित निकायले प्राथमिकताकासाथ गर्ने, सुकुमबासी राख्न बनाइएका संरचनालाई बस्नयोग्य बनाउने, वागमती सभ्यता एकीकृत विकास समितिले सरोकारवालासँग समन्वय गरेर काम गर्ने लगायतका निर्णय गरेको छ ।

    सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकिर्ण तुलाधरको संयोजकत्वमा अव्यवस्थित बसोबासीबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न समिति पनि गठन गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij