Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

आठवटा सम्म हिमशृङ्खला अवलोकन गर्न सकिने रौता पोखरी

आठवटा सम्म हिमशृङ्खला अवलोकन गर्न सकिने रौता पोखरी

  • उदयपुर । मध्यपहाडी क्षेत्रको प्रख्यात धार्मिक तथा पर्यटकीयस्थलका रूपमा रहेको रौतामाई गाउँपालिकाको रौता पोखरी क्षेत्रमा पुसको पहिलो हप्तादेखि आगन्तुक पर्यटकको सङ्ख्यामा दोब्बरले वृद्धि भएको छ ।

    onlinepatrika
    Arghakhachi

    मङ्सिरसम्म दैनिक ५० देखि १०० सम्मको सङ्ख्यामा पर्यटक आउने गरेको भए पनि पुसको पहिलो सातादेखि २०० को हाराहारीमा पर्यटक आउन थालेका छन् । लामो समयसम्म कोभिड– १९ को प्रभावका कारण पर्यटकविहीन बनेको रौतामा कात्तिकदेखि पर्यटक आउन शुरु गरेको र मङ्सिरसम्म दैनिक ५० देखि १०० को हाराहारीमा पर्यटक आउने गरेसँगै पुस लाग्नासाथ यो सङ्ख्या वृद्धि भएर हाल दैनिक २०० को हाराहारीमा पर्यटक आउन थालेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काले बताउनुभयो ।

    AGNI GROUP

    रौता घरवासका सञ्चालक कृष्ण रानामगरका अनुसार हाल रौता क्षेत्रमा दैनिक २५ देखि ४० वटासम्म ठूला सवारीका साधन र १०० भन्दा बढीको हाराहारीमा साना मोटरसाइकलसहित सवारीका साधन पार्किङ हुने गरेको छ ।

    दैनिक २०० सम्म पर्यटक आउने गररे पनि ५० प्रतिशत पर्यटक पुनः फर्केर बेलुकी जिल्ला सदरमुकाम गाईघाट पुगेर बास बस्ने गरेको र ५० प्रतिशत पर्यटक रौतामा नै बास बस्ने गरेको घरवास सञ्चालक राना मगर बताउनुहुन्छ । अहिले रौता क्षेत्रमा झण्डै २५ बढी होटल र घरवास रहेको र दैनिक आउने पर्यटकको बसाइँले घरवास भरिने गरेको अर्का घरवास सञ्चालक विष्णुकुमार राई बताउनुहुन्छ । रौता आउने अधिकांश पर्यटक रौता क्षेत्रमा घरवासमा बास बस्दा रौताको स्थानीय खाना सिस्नो र ढिँडो खान रुचाउने, फाँपरको रोटी, गुन्द्रुकको अचारसहित स्थानीय लोकल खाना रुचाउने गरेको घरवास सञ्चालक बताउँछन् ।

    रौता गाउँपालिकाकी उपाध्यक्ष कुमारी ठकुरीका अनुसार अहिले रौतामा आउने पर्यटक उदयपुर जिल्लाभन्दा बाहिर सप्तरी, सिरहा, सुनसरी, मोरङ, झापा, धनुषा, सर्लासहित विहारको भारदह, वीरपुर, सुपौलबाटसमेत पर्यटक आउने गरेका छन् ।

    रौतामा गाडी पार्किङस्थानको व्यवस्था, खाने बस्नेको राम्रो व्यवस्था भएको कारण पर्यटकको सङ्ख्यामा दैनिक वृद्धि भइरहेको रौतामाई गाउँपालिका उपाध्यक्ष ठकुरीले बताउनुभयो । अहिले २५ प्रतिशत पर्यटक रौता पञ्चकन्या देवीको दर्शन तथा पूजाआरधना गर्नको लागि आउने गरेका छन् भने ७५ प्रतिशत पर्यटक रौताको रमणीय सुन्दर प्राकृतिकस्थल हेर्नकै लागि र र रौताको स्थानीय उत्पादित वस्तुको खाना खान रमाउन आउने गरेको स्थानीयवासी रत्न तिमिल्सिनाले बताउनुभयो ।

    रौतमाई गाउँपालिका–४ का अध्यक्ष पाण्डव राईका अनुसार रौता क्षेत्रबाट उत्तरी क्षेत्रमा सगरमाथा हिमाल, मनास्लु, आमादोल्मा, कोयु,  लोत्से, अरुणबरुण क्षेत्रको हिमशृङ्खला र कञ्चनजङ्घासम्मको हिमशृङ्खलासहित एकैपटक आठसम्म हिमशृङ्खला अवलोकन गर्न सकिने गरेको छ ।

    यस्तै दक्षिणतिर तराईकासम्म फाँट सप्तरी, सिरहा, धनुषा, सुनसरी,  इटहरी, सप्तकोशी नदीको मनोरम दृश्य अवलोकन गर्न सकिने वडा अध्यक्ष राई बताउनुहुन्छ । छिमेकी जिल्ला ओखलढुङ्गा, सोलु, खोटाङ, भोजपुर धनकुट्टा, सङ्खुवासभासहितका पहाडी जिल्लासहितका दृश्यावलोकन गर्न सकिने हुनाले हिउँद लाग्नासाथ यस क्षेत्रमा पूर्वी क्षेत्रका पर्यटक रौताक्षेत्रको दर्शन गर्न, घुम्न तथा विभिन्न क्षेत्रको अवलोकन गर्न आउने गरेका स्थानीयवासीसमेत बताउँछन् ।

    अहिले रौता क्षेत्रमा पर्यटकको सङ्ख्यामा दैनिक वृद्धिले यस क्षेत्रको होटल, घरवासमा व्यपार व्यवसाय वृद्धिमा सहयोग पु¥याइरहेको र आन्तरिक पर्यटनको विकासलाई मद्दत पु¥याएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काको धारणा छ ।

    समुद्री सतहबाट झण्डै दुई हजार मिटरको उचाइमा रहेको उदयपुरको रौतामा अहिले दैनिक पर्यटकको आगमन र वृद्धिले होटल तथा घरवास सञ्चालकको समेत व्यापार वृद्धि हुँदै गएको छ भने यसले स्थानीय आन्तरिक पर्यटन विकासमा टेवा पुग्दै गएको सो गाउँपालिकाका जनप्रतिनिधि बताउँछन् । रासस

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij