Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

विभिन्न स्थानमा लागेका आगलागीबाट एकैदिन चार करोडभन्दा बढीको क्षति 

विभिन्न स्थानमा लागेका आगलागीबाट एकैदिन चार करोडभन्दा बढीको क्षति 

  •  काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार देशका १० स्थानमा भएको आगलागीको घटनाले  एकै दिन चार करोड रूपैयाँभन्दा बढीको क्षति भएको छ। 

    onlinepatrika
    Arghakhachi

    नवलपरासी पश्चिमको सुनवल नगरपालिका–११ स्थित सर्वोत्तम सिमेन्ट उद्योगको सिमेन्ट मिल हपरमा अचानक आगलागी हुँदा चार करोड रूपैयाँ बराबरको क्षति भएको प्राधिकरणद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकस्थित एक पोल्ट्री फर्ममा आगलागी भई २८० ओटा लेयर्स कुखुरा, १० क्यारेड अण्डा, सोलार, कुखुराको दाना लगायत वस्तु नस्ट हुँदा तीन लाख रूपैयाँ बराबरको क्षति भएको छ।महोत्तरीको मनरासिस्वा नगरपालिका–८ ससारामस्थित एक घरमा आगलागी हुँदा एक लाख रूपैयाँ बराबरको क्षति भएको छ। मोरङको बिराटनगर महानगरपालिका–४ नहर चोकस्थित एक घरमा आगलागी हुँदा दुई लाख रूपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij