Jun 16 2026 | २०८३, असार २ गते
ललितपुर । ललितपुरमा ९ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक पुरूषलाई पक्राउ गरेको छ। बलात्कारमा संलग्न भएको अभियोगमा महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले बालिकाको घर नजिकै बस्ने ४२ वर्षका हर्कबहादुर विक पक्राउ परेका छन् ।
पैसा दिने प्रलोभनमा बालिकालाई बलात्कार गरिएको भन्दै किटानी जाहेरी परेपछि विकलाई पक्राउ गरि अनुसन्धान थालिएको हो । विकविरुद्ध ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij