Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले नव निर्वाचित सांसदहरुलाई शपथ खुवाउने भएका छन्। संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जबरा जेष्ठ सदस्य भएकाले प्रतिनिधिसभाका सांसदहरुलाई शपथ खुवाउने निर्णय भएको जानकारी दिएका छन् ।
निर्वाचित सांसदमध्येका जेष्ठ सदस्यले शपथ खुवाउने प्रावधान रहेकोले राष्ट्रपतिबाट जबराले शपथ ग्रहण गरेपछि अन्य सांसदहरुलाई शपथ खुवाउने जनाइएको छ । पशुपतिशमशेर समानुपातिक सांसद हुन्।
जेष्ठ सदस्यको टुंगो लगाउन सचिवालयले निर्वाचन आयोगसँग नवनिर्वाचित सांसदहरुको जन्ममितिसहितको विवरण मागेको थियो। सोही विवरणका आधारमा जेष्ठ सदस्य भएका नाताले जबराले शपथ खुवाउने भएका हुन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij