
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ७.५० प्रतिशत नगद लाभांश गरि कुल १२.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले आज साधारण सभा आह्रावन गरेको छ ।
साधारणसभाको विशेष प्रस्तावमा भनिएको छ,’ नेपाल सरकारबाट यस बैंकको शेयर पुँजीमा लगानी बापत प्राप्त रकम रु. १,००,००,००,०००।– (अक्षरुपी एक अर्ब मात्र) बैंकको जारी पुँजी र चुक्ता पुँजीमा थप गर्ने।’
सोहि अनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि साधारणसभामा पेश हुने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij