
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । ‘सकम्बरी’ नामले परिचित मोडल कुसुम शर्मा विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले ग्ल्यामर क्षेत्रभन्दा बाहिरका काठमाडौंमा घर भएका प्रेमी विश्व अधिकारीसँग लगनगाँठो कस्न लागेकी हुन ।
उनले प्रेमी विश्वसँग मङ्गलवार इन्गेजमेन्ट गरेकी हुन । आफ्नो इन्गेजमेन्टको भिडियो उनले आफ्नै सामाजिक सञ्जालमा शेयर गरेकी छन् । इन्गेजमेन्ट गरेकी कुसुमलाई यतिबेला शुभचिन्तकहरूले सामाजिक सञ्जालमा बधाई दिइरहेका छन् ।
यी दुई केही समयदेखि प्रेममा थिए । टिकटकमा प्रेम छताछुल्ल भएपनि कुसुमले भने आफूहरूको प्रेम सम्बन्ध अस्वीकार गर्दै आएकी थिइन् । इन्गेजमेन्टको भिडियो सार्वजनिक गरेपनि विवाहबारे भने केहि जानकारी दिइएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij