Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

सवारी लाइसेन्सको अवधि अब १० वर्ष

सवारी लाइसेन्सको अवधि अब १० वर्ष

  • काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षसम्म बहाल रहनेछ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेसँगै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को व्यवस्थामा महत्त्वपूर्ण परिवर्तन गरिएको हो ।

    images
    images
    images

    संशोधित कानुनी व्यवस्था अनुसार ऐनको दफा ५४ को उपदफा ३ मा रहेको सवारी चालक अनुमतिपत्रको बहाल अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको छ । साथै, लाइसेन्स नवीकरणपछि मान्य हुने अवधि पनि अब १० वर्ष हुनेछ। यसअघि नवीकरण गरिएपछि त्यसको मान्यता अवधि ५ वर्ष मात्रै रहने प्रावधान थियो ।

    images

    नयाँ व्यवस्थाले सवारी चालकको झन्झट कम गर्नुका साथै प्रशासनिक प्रक्रियालाई सहज बनाउने विश्वास लिइएको छ । साथै, सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्र सञ्चालनमा निजी क्षेत्रलाई समेत अनुमति दिने व्यवस्था गरिएको छ, जसले सेवा विस्तार र दक्ष परीक्षण प्रणाली विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

    सरकारको यो निर्णय लागू भएसँगै सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा प्रक्रियामा दीर्घकालीन स्थायित्व आउनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij