
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौँ । फरवाड लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको नाफाबाट कम्पनीले ३० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव अनुसार लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशतसमेत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने निर्णय भएको हो ।
प्रस्तावित लाभांश कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीहूरुले प्राप्त गर्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij