Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौँ । बालुवाटारबाट निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाराजगञ्जस्थित घले निवासमा सरेका छन्।
पाँचौ पटकसम्म प्रधानमन्त्री बनेका यसपटक देउवाको बालुवाटारको बसाइ १८ महिना रह्यो। २०७८ साउन २९ गते देउवा प्रधानमन्त्री नियुक्त भएका थिए भने गत पुस १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन।
देउवापछि अब प्रचण्ड बालुवाटार सर्ने तयारीमा छन्। बुढानिलकण्ठको निजी निवास मर्मत भइरहेकाले देउवा भाडाको घरमा सरेका हुन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij