Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

सार्वजनिक जग्गा हडप्नेक्रम रोकिएन

सार्वजनिक जग्गा हडप्नेक्रम रोकिएन

  • काठमाडौं । प्रसिद्ध कालीञ्चोक मन्दिर वरपरका जग्गा हडप्ने क्रम अझै रोकिएको छैन । बन्दाबन्दीको समयमा पनि १० भन्दा बढी घरटहारा निर्माण भएका छन्  । यसअघि नै एक सयभन्दा बढी घर निर्माण भइसकेका बताइएको छ ।

    onlinepatrika
    Arghakhachi


    जथाभावीरुपमा काठ काट्नाले वन फँडानी नियन्त्रणभन्दा बढी भएको स्थानीयवासी मकर पाख्रिनले जानकारी दिनुभयो । अतिक्रमण रोक्नका लागि पटकपटक स्थानीय जनप्रतिनिधि र प्रशासन लाग्दा पनि खासै चासो नदेखाएको स्थानीय होटेल व्यवसायी नुर्बु तामाङले बताउनुभयो ।

    AGNI GROUP

    सो क्षेत्रका जग्गा वन मन्त्रालयअन्तर्गत सामुदायिक वन अथवा भूमिसुधार मन्त्रालयअन्तर्गत गुठी संस्थाको हो भन्ने एकीन नहुँदा जग्गा हडप्नेक्रम वृद्धि भएको बताइएको छ । ती दुई मन्त्रालय मध्ये कसको जग्गा हो भन्ने टुङ्गो लगाई अतिक्रमण भएको उजुरी परेमा कानूनअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले जानकारी दिनुभयो । २०६५ सालमा जिल्ला वन कार्यालयले झरेनी सामुदायिक वनलाई हस्तान्तरण गरेको भनिएता पनि संरक्षण हुन सकेका छैनन् । होटेल निर्माणका लागि भनेर एकै जनाले एकभन्दा बढी जग्गा ओगट्ने र मासिक तथा वार्षिक भाडामा लगाई करोडौँ रुपैयाँ कमाउँदै आएको एक स्थानीय होटेल व्यवसायीले बताउनुभयो । ठूला होटेलदेखि साना होटलसम्म मासिक  १० हजार एक लाखसम्म भाडाबापत असुल्ने गरेको र एकैजनाले पाँच÷छवटासम्म घरेडीको यसरी लिँदा मासिक पाँच–सात बसीबसी कमाउँदै आएका एक स्थानीयवासीले जानकारी दिनुभयो । 

    राजधानी काठमाडाँैबाट १२९ किलोमिटर मकैबारी  र यसपछि १७ किलोमिटरको यात्रापछि पुगिने कुरीको बजार चारैतिरबाट डाँडाले घेरिएको खाल्टोमा पर्दछ । बजारबाट पाँच मिनेटको केवलकारपश्चात् यस मन्दिरमा सजिलै पुग्न सकिने भएकाले गर्दा आन्तरिक तथा बाह्य पयर्टकको गन्तव्यका रुपमा  विकास हँुदै आएको छ । 

    दोलखा जिल्लाका अति सुन्दर तथा पृथ्वीको स्वर्गको धरोहरका रुपमा चिनिने कालीञ्चोक मन्दिरभन्दा केही तल रहेको कुरीको बजार र टुटेनडाँडाका जग्गाहरु दिन प्रतिदिन अतिक्रमण गर्ने कार्य बढ्दै गएकाले स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।  झन् बन्दाबन्दीको समयमा त पल्टिङ गरी होटेल निर्माण गर्नका लागि ढुङ्गले घेरा बनाउने काम तीव्र नै भएको स्थानीय होटेल व्यवसायी यम पाख्रिनले बताउनुभयो ।  २०७३ सालमा करीब २०० हेक्टर जग्गालाई गुठी संस्थानले आफ्नो स्वामित्वमा ल्याएपछि झन् जग्गा वादविवादमा फसेका थिए ।  गुठीले १८८६ वैशाख १४ गतेको अस्पष्ट लालमोहरका  आधारमा कालीञ्चोक दर्शन प्रालिलाई केबुलकारलाई  निर्माण गर्नका लागि स्वीकृति दिएको थियो । हाल कालीञ्चोक गाउँपालिकामा पर्ने उक्त मन्दिर प्रमाणविना, कुनै कागजात नगरी केबुलकार निर्माण, भूअतिक्रमण, तथा वनजङ्गल फँडानी भइरहेकाले पालिकालाई खासै अधिकार नदिएको गाउँपालिका अध्यक्ष विनकुमार थामीले बताउनुभयो । 

    यस जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलका रुपमा चिनिने  भीमेश्वर मन्दिर, कालीञ्चोक मन्दिर, सैलुङको सय थुम्का भएका मानेडाँडाहरु, जिरी बजार, च्छोरोल्पा हिमताल, गौरीशङ्कर हिमाल, लामाबगर, रोल्वालिङ, बेदिङ, एसियाकै दोस्रो ठूलो म्यानेसाइट खानी खरिढुङ्ग खानी जस्ता निकै महत्वपूर्ण स्थान हुन् ।  कालीञ्चोक कुरीको बजार धार्मिक पर्यटकीय तथा हिमपातको समयमा हिउँ खेल्ने निकै नजीकको स्थानमध्ये मानिन्छ । 
    । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij