Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न देशभर सर्कुलर गरिएको छ । सांसद महतोलाई पक्राउ गर्न देशभर सर्कुलर गरिएको नेपाल प्रहरीका प्रवक्ता टेक प्रसाद राईले जानकारी दिए ।
प्रवक्ता राईले भने ‘गृह मन्त्रालयले कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित रूपमा पत्राचार गरेपछि हामीले देश भरका जिल्लालाई सर्कुलर जारी गराएका हौँ ।’
गृह मन्त्रालयले लिखित रूपमा पत्राचार गरेपनि महतोलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । सांसद महतोले पुस २६ गते प्रधानमन्त्रीलाई विश्वाशको मत दिन संसद भवन पनि पुगेका थिए ।
नेकपा एमालेका सांसद कोइरी महोत्तरी क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij