Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दलको उपनेता र प्रमुख सचेतक तोकेको छ। केन्द्रीय कार्यालय बसुन्धारामा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले दलको उपनेतामा सांसद विराजभक्त श्रेष्ठलाई जिम्मेवारी दिएको हो।
गत मंसिरमा भएको चुनावमा श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित भएका थिए। उनी २०७४ को चुनावबाट बागमती प्रदेश सभा सदस्य भएका थिए।
यस्तै, दलको प्रमुख सचेतकमा सांसद सन्तोष परियारलाई जिम्मेवारी दिइएको पार्टीका महामन्त्री डा. मुकुल ढकालले बताए। सन्तोष समानुपातिकतर्फबाट रास्वपा सांसद छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij