Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

पूर्वप्रधानन्यायाधीश कार्कीको टिप्पणी: राष्ट्रपति भण्डारी राजाजस्तै भइन्

पूर्वप्रधानन्यायाधीश कार्कीको टिप्पणी: राष्ट्रपति भण्डारी राजाजस्तै भइन्

  • काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजा जस्तै भएको टिप्पणी गरेकी छन् । बिहीवार काठमाडौँमा प्रेस काउन्सिल नेपाल, नेपाल कानून समाज लगायतका संस्थाले संयुक्त रुपमा आयोजना गरेको आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदन सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै पूर्व प्रधानन्यायाधीश कार्कीले राष्ट्रपति भण्डारीको सवारीका कारण आफूले दुःख पाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनले आयोगको कार्यक्रममा आउँदा राष्ट्रपतिको सवारीका कारण आफू लामो बाटो घुमेर आउनुपरेको उल्लेख गरिन् । उनले राजाले ठिक गरेनन् भनेर आउने मान्छेहरू पनि राजा जस्तै भएको टिप्पणी गरिन् । पूर्व प्रधानन्यायाधीश कार्कीले पुराना प्रतिनिधिहरूको मानसिक विकास हुन नसकेको भन्दै गत निर्वाचनबाट युवाहरू आउनु सकारात्मक भएको बताइन् । राम्रो व्यक्तिहरूलाई प्रतिनिधि बनाउन सकिएमा मुलुकले राम्रो बाटो पाउने उनले बताए ।

    AGNI GROUP

    उनले गत निर्वाचन शान्तिपूर्ण रुपमा भएको बताइन् । निर्वाचनबाट पुरानो मानसिकताहरू फिल्टर हुँदै गएको भन्दै उनले नयाँ सोचाई भएका कर्मठ युवा, युवतीहरू आगामी दिनमा अझ आउनुपर्ने बताइन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij