Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

पेट्रोलियम पदार्थ लोड–अनलोडमा अब अत्याधुनिक प्रविधि

पेट्रोलियम पदार्थ लोड–अनलोडमा अब अत्याधुनिक प्रविधि

  • काठमाडौँ । नेपाल आयल निगमले लुम्बिनी प्रादेशिक कार्यालयमा अत्याधुनिक प्रविधि जडान गरेर पेट्रोलियम लोड–अनलोड गर्ने कार्य शुभारम्भ गरेको छ । उक्त प्रविधिको आज एक कार्यक्रमको आयोजना गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले उद्घाटन गरे ।

    onlinepatrika
    Arghakhachi

    सचिव अर्यालले पेट्रोलियम पदार्थको कारोवारलाई व्यवस्थित र सहज बनाउन सो प्रविधि जडान गरिएको बताए । उक्त प्रविधि जडान गर्दा कार्यालय क्षेत्र वरिपरि भएका बस्तीसमेत सुरक्षित र विकास तथा विस्तारका लागि सहयोग आवश्यक रहेको बताए ।

    AGNI GROUP
    निगमका कार्याकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आधुनिक प्रविधिमार्फत पेट्रोलियम पदार्थको कारोवारलाई व्यवस्थित र सुरक्षित बनाउँदै लैजाने जानकारी दिए ।

    निगमले अन्तर्राष्ट्रिय मापदण्डअनुसार अत्याधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थ लोड–अनलोड गर्न शुरु हो । एपिआइ मापदण्डअनुसार पाइप लाइन जडान, भल्भ, पम्प जडान साथै ट्याङ्कर÷ट्रक लोड गर्न अत्याधुनिक लोडिङ आम्स जडान गरिएको छ ।

    रु दुई करोड ५० लाख लागतमा उक्त प्रविधि जडान गरिएको निगमका कार्याकारी निर्देशक पौडेलले जानकारी दिए । उनका अनुसार तीनवटा पम्प जडान गरेर आठ घण्टामा करिब १० लाख लिटरसम्म पेट्रोलियम पदार्थ लोड गर्न सकिने छ । यसअघि सो कार्यालयबाट आठ घण्टामा तीन/चार लाख लिटर मात्र लोड गर्न सक्ने अवस्था रहेकामा नयाँ प्रविधि जडानसँगै कार्यालयको क्षमता तीन गुणासम्म बढेको छ ।

    उक्त डिपोमार्फत लुम्बिनी प्रदेशका आठ जिल्लामा दैनिक १० लाखदेखि ११ लाख डिजेल र तीन लाख लिटर पेट्रोल÷मट्टितेल र हवाई इन्धन बिक्री हुँदै आएको छ । नयाँ प्रविधि जडानसँगै विभिन्न जिल्लाबाट पेट्रोलियम पद्धार्थ लिन आउने तथा भारतका विभिन्न स्थानबाट पेट्रोलियम पदार्थ लिएर आएका ट्याङ्कर लोड–अनलोड गर्न, भारतबाट तेल लिएर आएका ट्याङ्करलाई सोझै डिलरतर्फ पठाउनुपर्ने बाध्यता अन्त्य भएको प्रादेशिक कार्यालयले जनाएको छ ।

    नयाँ पूर्वाधार सञ्चालनमा आएसँगै मागअनुसार पेट्रोलियम पदार्थ लोड–अनलोड गरी समयमै पेट्रोलियम पदार्थ आपूर्ति गर्न सक्ने सहज भएको कार्यालयले जनाएको छ ।  यसैबीच नयाँ प्रविधि जडानसँगै लुम्बिनी प्रादेशिक कार्यालयको पार्किङसमेत विस्तार गरिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij