Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

गृह मन्त्रालय नपाए सरकार छाड्ने रास्वपाको चेतावनी

गृह मन्त्रालय नपाए सरकार छाड्ने रास्वपाको चेतावनी

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय नपाए तत्काल सरकार छाड्ने चेतावनी दिएको छ । मङ्गलवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रास्वपाका सभापति रवि लामिछानेबीच भेट भएको थियो ।

    onlinepatrika
    Arghakhachi

    भेटमा लामिछानेले आजै गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने बताएका थिए । बालुवाटार स्रोतका अनुसार बेलुकासम्ममै शपथ ग्रहण गराउन लामिछानेले अनुरोध गरेका थिए । भेटमा प्रधानमन्त्री दाहालले प्रक्रियाबाट आएपछि मात्रै गृह मन्त्रालयका विषयमा कुराकानी हुने जानकारी गराएको बालुवाटार स्रोतले जानकारी दियो ।

    AGNI GROUP

    'अहिले तपाईँलाई होइन, तपाईँको पार्टीलाई पनि गृह मन्त्रालय दिन सकिने अवस्था छैन,' प्रधानमन्त्री दाहालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, 'मेरो पार्टीमा पनि गृह मन्त्रालय अब प्रधानमन्त्रीसँगै राख्नुपर्छ भन्ने सुझाव आएको छ । तपाईँको नागरिकताको विषय अझै टुङ्गो लागिसकेको छैन । राहदानीको विषय पनि उठेको छ ।' स्रोतले दिएको जानकारीअनुसार प्रचण्डले स्पष्ट शब्दमा गृह मन्त्रालय नदिने बताएका थिए ।

    भेटमा लामिछानेले आफूहरूको पार्टीले गृह मन्त्रालय नपाए सरकार छाड्ने सङ्केत गरेका थिए । रास्वपाले भने कुनै निर्णय गरी नसकेको सो पार्टीका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij