Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । आज अपराहन्न १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयले आजको बैठकमा बाधा अड्काउ फुकाउ आदेश पेश हुने कार्यसूची रहेको जानकारी दिएको छ ।
आजको बैठकमा सरकारको निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाउ आदेश कानुनमन्त्री ध्रुबबहादुर प्रधानले संसदमा पेश गर्ने कार्यसूची रहेको छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij