Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

उपराष्ट्रपति निर्वाचनकाे प्रचारप्रसार आज रातिदेखि निषेध

उपराष्ट्रपति निर्वाचनकाे प्रचारप्रसार आज रातिदेखि निषेध

  • काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि प्रचार प्रसार गर्न निषेध गरेको छ । मंगलबार राति १२ बजेदेखि मतदानको दिन चैत ३ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचार प्रसार निषेध गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने आयोगले जनाएको हो ।

    AGNI GROUP

    निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन ।

    यसैगरी, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमबाट मत माग्न पाइँदैन । आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचरण पालना गर्न गराउन सम्बन्धित सबैलाई आयोगले आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij