Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

मेलम्चीको पानी वितरणका लागि तयारी

मेलम्चीको पानी वितरणका लागि तयारी

  • काठमाडौँ । मेलम्चीको पानी आएपछि प्रभावकारी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले योजना तयार गरेको छ । पानी काठमाडौँमा झर्नासाथ कसरी सबैतिर चुहावट कम गरेर वितरण गर्ने भनी योजना तयार गरेर कार्यान्वयन गर्ने अवस्थामा रहेको लिमिटेडले जनाएको छ ।यसअघि नै पानी आएपछि आउने चुनौती पहिचान गरेको र समाधानका लागि के गर्ने भन्ने तयारी अघि बढाइएको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । उनका अनुसार लिमिटेडले खानेपानी वितरणका लागि तालिका पनि बनाइएकामा त्यसमा मन्त्रालय र बोर्ड पनि सहमत भइसकेका छन् । उपत्यकामा अहिले पानी वितरण भइरहेको पाइप सयौँ वर्ष पुरानो भएकाले चुहावट बढी हुनसक्छ । चुहावट मर्मतका लागि चाहिने सामग्री खरिद अघि बढाइएको उनले जानकारी दिए । एकै पटक धेरै जनशक्ति चाहिने हुँदा निर्माण कम्पनीको सूची तयार गरेर राखिएको छ । उनले भने, ‘त्यो सूची भएपछि एकै पटक धेरैलाई परिचालन गर्न सकिनेछ ।’

    onlinepatrika
    Arghakhachi

    पानी मर्मतको सिलसिलामा पाइपको पानी बाहिर पठाउनुपर्ने हुँदा त्यसको समेत तयारी गरिएको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए । लिमिटेडले नियमित मर्मतसँगै मेलम्चीको पानी आएपछि थप चुहावट हुनसक्ने भनी तयारी अघि बढाएको छ । गत साउनमा मेलम्ची खानेपानी आयोजनाले सुरुङमा पानी हाल्ने भनेपछि तयारी अघि बढाइएको थियो । अहिले पनि पुरानो पाइपमा चुहावट खाज्दै भेटिएका स्थानमा टालिएको लिमिटेडले जनाएको छ । अहिले देखिएका स्थानमा चुहावट टालिएको र अरु ठाउँमा देखिनासाथ टाल्न तयारी अवस्थामा बसिएको उनको भनाइ छ । पुरानो पाइपबाट वितरण गर्दा कतै पानी नपुग्ने ठाउँ हुनसक्ने भएकाले ती ठाउँ पहिचान गरी जडानमा ध्यान दिइनेछ । उनले भने, ‘कतै जडान गर्नुपर्ने त कतै हटाउनुपर्ने हुनसक्छ ।’

    AGNI GROUP


    पानी वितरणका लागि व्यवस्थापन गर्न प्रमुख कार्यकारी अधिकृत शाक्यको अध्यक्षतामा खानेपानी मन्त्रालय, निर्देशनालय र बोर्डका प्रतिनिधि रहने गरी समिति बनाइएको छ । खानेपानी मन्त्रालय र आयाजनाले सुरुङमा रहेका त्रुटि हटाइसकेर छिट्टै परीक्षण गर्ने गरी तयारी अघि बढाइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij