Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

गौरवका आयोजना निरन्तरताले समृद्वोन्मुख काभ्रेपलाञ्चोक

गौरवका आयोजना निरन्तरताले समृद्वोन्मुख काभ्रेपलाञ्चोक

  • काभ्रेपलाञ्चोक । शिक्षा मन्त्रालयबाट काभ्रेपलाञ्चोकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय भौतिक पूर्वाधार विकास निर्माणमा चालू वर्षमा रु एक अर्ब २० करोड बजेट छुट्याइएको छ । 

    onlinepatrika
    Arghakhachi

    यो वर्ष बिपी राजमार्ग सडक आयोजनामा रु ५३ करोड सात लाख, पाँचखाल शहरी खानेपानी तथा सरसफाइ आयोजनामा रु ३४ करोड ४१ लाख, सुरक्षण मुद्रण केन्द्र पूर्वाधार विकासमा रु ३० करोड ४० लाख, प्रतिरक्षा विश्वविद्यालयको पूर्वाधार विकासमा रु २० करोड ३४ लाख, मण्डनदेउपुरमा खानेपानीका लागि रु नौ करोड र सिँचाइमा रु दश करोड नौ लाख, सामुदायिक विद्युतीकरणमा रु दश करोड, अरनिको राजमार्ग स्तरोन्नतिका लागि रु सात करोड ४० लाख र काभ्रे भ्याली स्मार्ट सिटी पूर्वाधार निर्माणमा रु पाँच करोड नौ लाख बजेट विनियोजन भएको छ ।

    AGNI GROUP

     यस्तै, कोशीपूर्वस्थित सडक कालोपत्र गर्न रु ३३ करोड बजेट छुट्याइएको छ । यीसँगै करोड बजेट नाघेका थुप्रै योजनाको काम भइरहेका छन् । यो वर्ष पनि जिल्लामा ठूला आयोजनामा पूर्वाधार निर्माणमा छुट्याइएको बजेटले स्थानीयवासीमा खुशियाली देखिएको छ । ठूला क्रमागत आयोजनाले स्थानीयवासीमा आशा पलाएको पाइन्छ । 

    “ठूला योजनामा पूर्वाधार निर्माणमा बजेट छुट्टिँदा विकास शुरु भएको महसुस भएको छ, यस्ता आयोजना क्रमागतमा रहँदा विकासले निरन्तरता पाउँदा खुशी छौँ” पाँचखाल नगरपालिका–४ का कञ्चन अधिकारीले भन्नुभयो, “काभ्रेपलाञ्चोकमा वर्षेनी राष्ट्रिय गौरवका आयोजनाले निरन्तरता पाएका छन् ।” 

    राष्ट्रिय गौरवका क्रमागत आयोजनाले जिल्लालाई विकासको बाटोमा लगेको बनेपा नपा–६ का राजेन्द्र थापा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गत आर्थिक वर्षमा पनि केन्द्रीय सरकारबाट जिल्लामा १०४ योजना परेका थिए, त्यसमध्ये राष्ट्रिय गौरव र ठूला आयोजनाले निरन्तरता पाएका छन् ।” उहाँका अनुसार राष्ट्रिय राजमार्ग, स्थानीयस्तरमा सडक निर्माण, शैक्षिक संस्था, पुल तथा निर्माणाधीन विशेष आर्थिक क्षेत्र ९सेज०, ठूला तथा एकीकृत खानेपानी आयोजना, युवा एभिएसन सेन्टर र मदन भण्डारी विश्वविद्यालय, प्रतिरक्षा विश्वविद्यालय, सिँचाइ र तीन नगरलक्षित करिडोर, सौर्य ऊर्जा तथा ग्रामीण विद्युतीकरण, सुरक्षण मुद्रण केन्द्रलगायत दीर्घकालीन महत्वका दर्जनौं आयोजनाले रिन्तरता पाएका छन् । “ठूला आयोजनाले जिल्लाको मुहार फेरिनेमा विश्वस्त छौँ”, थापाले भन्नुभयो । 

    पछिल्लो केही वर्षदेखि समृद्ध काभ्रेपलाञ्चोकको परिकल्पनासँगै यसका सूचकका रुपमा राष्ट्रिय गौरवका दीर्घकालीन आयोजनाले प्राथमिकता पाउँदै गएको र क्रमागत योजनाले झन् काभ्रेलीलाई उत्साहित बनाउँदै लगिरहेको पाइन्छ । योसाथै, दूर्गम क्षेत्रबाट राष्ट्रिय राजमार्गसँग जोड्ने रोशी, कोशी र डाँडापारी क्षेत्रमा पुल÷सडक निर्माणका नयाँ योजनाले जिल्लाको ‘कायापलट’ गराउनेनै छ । काभ्रे भ्याली स्मार्ट सिटी, भक्तुपुरदेखि धुलिखेलसम्म छ लेनको राजमार्ग निर्माण, ललितपुर ग्वार्को–काभ्रेपलाञ्चोक, कटुञ्जे राष्ट्रिय राजमार्ग, महाभारत पहाडी रेञ्जमा ट्रेल, बुद्ध सर्किट, कोशीपारी जोड्ने चेहेरे पुल, स्थानीय तहका बृहत खानेपानी, सामुदायिक विद्यालयलाई डिजिटलाईजेशनजस्ता महत्वपूर्ण आयोजनामा बजेट विनियोजन भएका छन् । 

    निर्वाचनका समय जनतासँग गरेका वाचाअनुरुप विश्वासको मतको कदरस्वरुप केन्द्रीय सरकारमार्फत आयोजना ल्याइएको पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“जनताको विश्वासलाई कहिल्यै धोका दिएको छैन, दिने पनि छैन ।” निवर्तमान सांसद एवं नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका बाँस्कोटाले गत वर्षको चालू योजनाले समृद्ध काभ्रेपलाञ्चोकको अभियान शुरु भएको उल्लेख गर्दै यस वर्ष थप राष्ट्रिय गौरवका योजना समावेश हुनुले समृद्धतामा सामेल भइने जीकिर गर्नुहुन्छ । “जिल्लामा प्रदेश सरकारको योजना त छदैछ, केन्द्रीय सरकारको ठूला बजेटले जनतामा खुशियाली देखिन्छ” उहाँले भन्नुभयो ।

    यो वर्ष काभ्रेपलाञ्चोकमा क्रमागतसहित ९५ योजनाका काम भइरहेका छन् । समग्र योजनामध्ये समपुरक अनुदानमा पाँच र विशेष अनुदानमा चार परेका छन् । पुल निर्माणका १६ योजना छन् । ललितपुरको गोदावरी कुण्ड–काभ्रेपलाञ्चोक, पनौतीस्थित मानेचौर सुरुङमार्ग अध्ययन तथा शङ्खु–नमोबुद्ध दाप्चा सडकका लागि रु तीन करोड बजेट विनियोजन भएको छ । काभ्रेपलाञ्चोकस्थित सुनकोशी नदीमा निर्माण गर्ने चर्चा गरिएको ५३६ मेघावाट जलाशययुक्त विद्युत् उत्पादन तथा विमानस्थल निर्माणको योजनालाई अघि बढाउन अब जनप्रतिनिधिको ध्यानाकर्षण त्यतातिर हुनुपर्ने स्थानीयवासीले माग गर्दै आएका छन् ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij