Jun 16 2026 | २०८३, असार २ गते
सुर्खेत। कर्णाली प्रदेशको राजधानीस्थित सुर्खेत विमानस्थलको विस्तारको काममा स्थानीयले अवरोध गरेका छन्। पटक पटक धावनमार्ग विस्तार गर्नुभन्दा वैकल्पिक विमानस्थलको खोजी गर्नुपर्ने भन्दै अवरोध गरेपछि अधिग्रहण गरिने जग्गाको लगत संकलनको काम रोकिएको छ।पछिल्लो समय प्रभावित स्थानीयले विमानस्थल विस्तार गर्नै नदिने गरी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। प्रभावित क्षेत्रका स्थानीयले नागरिक सरोकार संघर्ष समिति नै गठन गरेर विमानस्थल विस्तार गर्न गरी कदम अघि बढाएका हुन्।
उत्तर, दक्षिणतर्फ फैलिएको विमानस्थलको धावनमार्ग करिव तीन सय मिटर विस्तार गरी एक हजार पाँच सय ५५ मिटरसम्म पुर्याउने गरी विमानस्थल विस्तार हुदाँ प्रभावित हुने क्षेत्रका जग्गा रोक्का राखेर नागरिक उड्डयन प्राधिकरण सुर्खेतले लागत संकलनको काम अघि बढाएको थियो।विमानस्थल विस्तार गर्दा ३० बिघा जग्गा अधिग्रहण गर्दा अमर ज्योति मावि, अमरदीप क्याम्पस, हस्तविर आधारभूत विद्यालय, तीन वटा निजीविद्यालय, स्वास्थ्य चौकी, सहकारी र मानव सेवा आश्रम जस्ता सार्वजनिक संरचनासहित पाँच सय बढी घरपरिवार विस्थापित हुने अनुमान छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij