Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

छ महिनादेखि त्रिपालमुनिको बास

छ महिनादेखि त्रिपालमुनिको बास

  • सिमकोट । हुम्लाको दक्षिण क्षेत्रमा रहेका बाढीपीडित छ महिनादेखि त्रिपालमुनि बास बस्दै आएका छन् । जिल्लाको ताजाकोट गाउँपालिका–४ उत्तिसेनीका २४ दलित घरपरिवारलाई चिसो मौसममा त्रिपालमुनि बस्नुपर्ने बाध्यता रहेको छ । 

    onlinepatrika
    Arghakhachi

    गत साउन ३० मा आएको बाढीपहिराबाट विस्थापित भएका उत्तिसेनीका २४ घरधुरीका वासिन्दाले उचित वसोवासका लागि आग्रह गर्दै आए पनि सम्बन्धित निकायबाट चासो नदेखाउँदा हिउँद्को यो कठ्याङ्ग्रिदो चिसोमा पनि त्रिपालमुनिको बास बस्नु परेको गुनासो गरेका छन् । 

    AGNI GROUP

    बाढीपहिराले ओत लाग्ने घर र जायजेथा बगाएपछि उनीहरुले त्रिपालको सहारा लिनुपरेको हो । विस्थापित सबै दलित घरपरिवारका वासिन्दा हुन् । सम्पत्तिको नाममा रहेको घरटहरा गत साउनको बाढी पहिराले बगाएपछि आर्थिक अवस्था कमजोर हुँदा नयाँ घर बनाउन नसकेर त्रिपालको साहरा लिनु परेको स्थानीयवासी सर्पला सार्कीले गुनासो गर्नुभयो ।
      
    उहाँ भन्नुहुन्छ, “यो वर्ष कोरोना सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीका कारण ज्याला मजदूरी गर्न नपाउँदा घरपरिवार पाल्नसमेत समस्या बनाएको छ ।” कमाएर ल्याएको पैसाले घर निर्माण गर्ने सोचाइमा रहनुभएका उहाँ काम गर्न नपाएपछि परिवारको पेट पाल्न नै धौधौ भएकाले घर बनाउन नसक्दा  त्रिपालमुनि बस्नु परेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘विपद् र महामारीले पनि हामी गरीबलाई नै बढी मर्का पर्ने रहेछ ।” बाढीपहिरो गएको समयमा पीडितलाई विभिन्न सरकारी तथा गैरसरकारी संस्था, प्रदेश सरकार तथा स्थानीय सरकारले राहतको लागि ठूलो आश देखाए पनि कार्यान्वयन हुन नसकेको अर्का स्थानीयवासी मोहन रम्तेलले गुनासो गर्नुभयो । 
       
    अझैसम्म बाढीपीडितमा अनुदान रकम भने पुग्न सकेको छैन । लामो समय बितिसक्दा पनि सरकारबाट केही सहयोग नपाएको उनीहरुको गुनासो रहेको छ । ‘‘सरकारले सहयोग गर्छु भनेर आश मात्रै देखाएको रहेछ, विभिन्न सङ्घसंस्था गरेको थोरबहुत सहयोगले जेनतेन परिवार पाल्ने गरेका छौँ’’, उहाँले भन्नुभयो । 
     
    बाढी पहिरोबाट घरबारविहीन बनेको अवस्थामा ओत लाग्न विभिन्न निकायबाट उपलब्ध गराइएका त्रिपाल पनि प्वाल परेका छन् । नवज्योति समाज संस्था र बृद्धिस्ट फाउण्डेसनले हालै एक÷एक वटा पाल निःशुल्क वितरण गरेपछि केही सजिलो भएको उनीहरु बताउँछन् । पालमुनि निकै कष्टकर जीवनयापन गरिरहेका ती २४ परिवारलाई पाल वितरण गरिएको नवज्योति समाज संस्थाका अध्यक्ष ठिन्ले दोर्जे लामाले जानकारी दिनुभयो । बाढीपीडितको अवस्था निकै दयनीय रहेको उहाँले बताउनुभयो ।
         
    यसैबीच जिल्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिका–६ का बाढीपीडितलाई पनि राहत वितरण गरिएको छ । नवज्योति समाज संस्था र बुद्धिष्ट फाउण्डेसनको साझेदारीमा यहाँका ३३ परिवारलाई चामल सहयोग गरिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij