Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडाैं । उपप्रधान तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले पदभार ग्रहण गर्नुभएकाे छ । उपप्रधानमन्त्री खड्काले बुधबार दिउँसो कानुन मन्त्रालयमा पदभार ग्रहण गर्नुभएकाे हाे।
कानून मन्त्रालयमा कार्यभार सम्हालेपछि मन्त्री खड्काले संवैधानिक परिषदमा प्रधानन्यायाधीश नियुक्ति सिफारिसको एजेण्डा प्रवेश गरे पनि थप छलफल आवश्यक परेको बताउनु भएकाे छ ।
मन्त्री खड्काले कतिपय सदस्यले उठाएका विषयमा अनौपचारिक छलफल र सहमति गर्नुपर्ने भएकाले अर्को बैठकपछि नियुक्ति सिफारिस हुने बताउनु भयाे ।
चैत १७ मा उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका खड्काको बाँधमा कानुन मन्त्रालयको जिम्मेवारी पनि थपिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij