Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

पर्यटकीयस्थलको प्रवद्र्धनका लागि पदयात्रा

पर्यटकीयस्थलको प्रवद्र्धनका लागि पदयात्रा

  • दमौली । तनहुँको भीमाद नगरपालिका–९ मा रहेका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा हुने भएको छ । कोभिड–१९को प्रभावले रोकिएका पर्यटकीय गतिविधिलाई अगाडि बढाउने उद्देश्यले पाथर्दी सामुदायिक घरबास व्यवस्थापन समितिले पदयात्राको तयारी गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    कोभिड–१९ को प्रभावका कारण रोकिएका पर्यटन गतिविधि पुनः सञ्चालन गर्नका लागि पदयात्राको आयोजना गरिएको समितिका अध्यक्ष शिवकुमार आलेले जानकारी दिनुभयो । यसअघि कात्तिक १ गते गर्न लागिएको पदयात्रा अन्तिम समयमा आएर रोकिएको थियो । “कात्तिकमा पदयात्रा गर्ने लक्ष्य राखिए पनि केही कारण समयमा हुन सकेन, सो कार्यक्रम माघ १ गते गर्ने गरी तयारी तीव्र पारिएको छ”, उहाँले भन्नुभयो ।

    AGNI GROUP

    भीमाद बजारदेखि वडा नं ९ को पाथर्दी पुगेर टुङ्गिने पदयात्रामा करिब १५० जनाको सहभागिता रहने अनुमान गरिएको छ । “कोभिडले पर्यटनका सबै गतिविधि रोकिए, अब विस्तारै पर्यटनका कार्यक्रम सञ्चालन गर्ने उद्देश्यस्वरुप वडामा भएका पर्यटकीय गन्तव्यको प्रचारका लागि पदयात्रा गर्न लागेका हौँ”, उहाँले भन्नुभयो,“पदयात्राको मुख्य लक्ष्य वडाभित्र भएका सबै पर्यटकीय गन्तव्य बाहिर ल्याउनु हो ।” पदयात्रा १७ किमी दूरीको रहनेछ ।

    पदयात्राका क्रममा सोही वडामा रहेको सिद्धगुफाको पनि भ्रमण गरिनेछ । एक सय नयाँ पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत गुफामा विभिन्न पूर्वाधार निर्माण गरिएको छ । कोभिड–१९ कै समयमा गुफा क्षेत्रमा शौचालय, प्रतीक्षालय र रेलिङ निर्माण गरिएको छ । पूर्वाधार निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु २५ लाख उपलब्ध गराएको थियो । 

    पदयात्राको क्रममा इलुङ झरना पुग्ने कार्यक्रम पनि छ । व्यावसायिक क्यानोनिङको तयारीमा रहेको इलुङ झरनामा कोभिड–१९कै कारण क्यानोनिङ रोकिएको छ । “क्यानोनिङ गराउनका लागि तयारी गर्दै थियौँ, कोभिडले सबै कार्यक्रम रोकियो, अब विस्तारै त्यसतर्फ पनि अगाडि बढ्ने सोच बनाएका छौँ,” आलेले भन्नुभयो ।

    इलुङ झरना जाने बाटोमा अप्ठ्यारो रहेको ठाउँमा ढुङ्गाले छापेर पदमार्ग निर्माण गरिएको छ भने सोही ठाउँमा रेलिङसमेत हालिएको छ । झरनामा पूर्वाधार विकासका लागि नगरपालिकाले चालु आर्थिक वर्ष २०७६÷७७ मा रु दश लाख विनियोजन गरेको छ । सो रकमबाट क्यानोनिङका लागि आवश्यक सामग्री खरीद गर्ने तयारी गरिएको छ ।

    पदयात्रामा पुग्ने पदयात्रीलाई सोही ठाउँमा रहेको पाथर्दी सामुदायिक घरबासमा बास बस्ने व्यवस्था मिलाइएको छ । पाथर्दी गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री नमूना वातावरणमैत्री कृषि गाउँ हो । भिमाद नगरपालिका–९ का वडाध्यक्ष इमान थापाले पदयात्राले समग्र वडाको पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको जानकारी दिनुभयो । “पदयात्रामार्फत् पर्यटकीय गन्तव्य चिनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो, “कोभिड सँगसँगै सुरक्षा अपनाएर पर्यटकीय गतिविधि अगाडि बढाउनुको विकल्प छैन ।”

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij