Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

महोत्तरीका नागरिकको रेल चढ्ने सपना

महोत्तरीका नागरिकको रेल चढ्ने सपना

  • महोत्तरी । जब चाँडै रेल सेवा सञ्चालनमा आउने खबरको चर्चा शुरु हुन्छ महोत्तरीको लोहारपट्टी नगरपालिका–४ खुट्टापिपराढीकी ७२ वर्षीया राजकली चौधरी ९यादव० को मरिसकेको मन फेरि बौरिन थाल्छ । 

    onlinepatrika
    Arghakhachi

    पछिल्ला तीन वर्षयता ‘रेल अब चल्छ’ भन्ने सुन्दा अब त रेल चढिन्छ कि भनेर हौसिने गर्नुहुन्छ उहाँ । जब त्यो खबर सेलाउँदै जान्छ अनि राजकली र उहाँजस्तै यहाँका स्थानीयवासीको मन पनि मर्ने गर्दछ । “कि कहु बौवा, तेसुरे साल रेल चलके वात छल, मुदा ओहिना हल्लेमे सिमटागेल” ९के भनौ बाबु, परार नै रेल चल्ने कुरा थियो तर कुरैमा मात्रै रह्यो० भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म २०७५ को हिउँदमै रेल सेवा सञ्चालन हुने सुन्नुभएकी राजकलीले बुढेसकालले चाउरिएर मुजैमुजा परेको अनुहार अपत्यारिलो बनाउँदै भन्नुभयो,“अहु बेर आब किछे दिनमें रेल चलके वात सुनैछी, चलत त बुझब जे रेल चल लागल ।” ९यसपाली पनि केही दिनभित्रै रेल चल्ने कुरा सुन्दैछु, तर अब चले बुझांैला कि रेल चल्यो भनेर० । 

    AGNI GROUP

    भारतीय सहयोगमा अझै निर्माणधीन रहेको बर्दिबास ९महोत्तरी०–जनकपुरधाम –धनुषा०–जयनगर ९भारत० सम्मको ६९ किलोमिटर लामोदूरीको रेल सेवाको जयनगरदेखि कुर्था ९धनुषा०सम्म ३४ किमी दूरीमा लिक तयार भएको तीन वर्ष भइसकेको छ । त्यसयता प्रत्येक हिउँदअघि यसपाली रेल चल्छ भन्ने कुरा चले पनि के के नपुगेको भनेर रेल चल्न नसकेपछि यसपाली पनि राजकली चौधरीलाई केही दिनभित्रै रेल चढ्न पाइने चर्चा अहिलेसम्म कुरामात्रै लागेको छ । राजकली चौधरीकै बुहारीहरु पूजा अधिकारी र मञ्जु यादव पनि रेल चढेर माइत जाने रहर कहिले पूरा होला भनेर पर्खी बस्नुभएको छ । 

    धनुषाको कुर्था महोत्तरीको लोहारपट्टी नगरपालिका र पिपरा गाउँपालिकासँगै जोडिएको छ । राजकली चौधरीको घर त कुर्था स्टेसनबाट तीन किमीभन्दा पनि नजिक छ । लोहारपट्टी नगरपालिकाका खुट्टापिपराढी, महदैया, तपनपुर, मधेपुरा र बगडा कुर्थाबाट जोडिएका बस्ती हुन् । त्यस्तै पिपरा गाउँपालिकाका रतौलीका बस्ती पनि कुर्थासँगै जोडिएका छन् । यसैले कुर्थासम्म रेल चल्ने कुरा चलेपछि यी बस्तीमा छुट्टै उमङ्ग थपिएको देखिन्छ । तर चर्चाअनुसार रेल नचलेपछि पलाएको उत्साह मर्ने गरेको यस भेगका बासिन्दा बताउछन् । 

    खुट्टापिपराढीकै उमेरले ९० वर्ष टेक्दै गर्नुभएका धरखन कवारी पनि रेल चल्ने कुरा चलेपछि बुढ्याँइले गाँजेको शरीर पूmर्तिलो बन्ने बताउनुहुन्छ । विगतमा रेल सेवा नै यातायातको मुख्य साधन रहेको आफ्नो ठाउँमा फेरि रेल चलेर जयनगर बजार हेरेर फर्कने ठूलो रहर रहेको कवारी बताउनुहुन्छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij