Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

ढाक्यो उपत्यका र नेपालगन्जलाई अस्वस्थ वायुले

ढाक्यो उपत्यका र नेपालगन्जलाई अस्वस्थ वायुले

  • काठमाडौं । मौसममा आएको परिवर्तनसँगै मुलुकभर प्रदूषणको मात्रा बढेको पाइएको छ । मंगलबार उपत्यका र नेपालगन्जको वायु मानव स्वास्थ्यमा गम्भीर असर पु-याउनेसम्मको स्तरमा पुगेको हो ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार राति ९ बजे वायु गुणस्तर मापन केन्द्रले दिएको तथ्यांकअनुसार भैंसेपाटीमा अत्यधिक अस्वस्थ वायु रहेको पाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले सञ्चालन गरेको वायुको गुणस्तर अनुगमन संयन्त्रले अत्यधिक जोखिमयुक्त वायु रहेको भैंसेपाटीको पार्टीकुलर म्याटर(पीएम) २.५ को मात्रा २१९ दशमलव ३८ माइक्रोग्राम प्रतिघनमिटर रहेको थियो ।

    AGNI GROUP

    यस्तै त्यसभन्दा कम वायु रहेको सहरका रूपमा नेपालगन्ज रहेको वातावरण विभागले जनाएको छ । विभागले दिएको तथ्यांकअनुसार नेपालगन्जमा पीएम २.५को मात्रा १८९ दशमलव ६ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ ।

    ‘हिउँदमा यस्तो त पहिला पनि हुन्थ्यो तर यसपालि त धेरै नै भयो,’ विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले भने, ‘अहिले त यो खतराको लेभलभन्दा निकै माथि छ ।’

    ठूला उद्योग नभएको काठमाडौंमा यति ठूलो प्रदूषण हुनुमा उपत्यकाको बनोट नै मुख्य कारण भएको मौसमविद् डा. ऋषिराम शर्मा बताउँछन । ‘पश्चिमी वायु आएपछि इन्भर्सन लेयर बनेर यस्तो भएको हो,’ उनले भने, ‘इन्भर्सन लेयर भनेको जमिनको सतहभन्दा माथिको वायुमण्डल तातो भएर तलको हावा माथि जान नपाउनु हो ।’ उनकाअनुसार यो वर्ष पश्चिमी वायुको प्रणालीमा धेरै पानीको मात्रा थिएन । त्यही भएर बादल लागे पनि काठमाडौं र पूर्वी क्षेत्रमा ठूलो वर्षा हुन सकेन ।

    ‘जमिन छिटो सेलाउँछ र छिटो तात्छ तर चिसो भएको वायुमण्डलको तापक्रम तात्न समय लाग्छ,’ शर्माले भने, ‘राति चिसो भएको जमिनको सतह बिहान भएपछि तात्दै गयो तर माथिको हावा त्यसरी नतातेकाले काठमाडौंको हावा बाहिर जान पाएन ।’

    कचौंरा आकारजस्तो उपत्यका भएकाले पनि काठमाडौंमा यस्तो बेला हावा बाहिर जान नसक्ने उनले बताए । उनले भने, ‘वायुमण्डलको माथिल्लो तहको हावाले काठमाडौंको सतहको हावालाई लैजान सक्दैन । त्यसैले पनि यो यहीँ घुमिरहन्छ ।’ रिलिज हुन नपाएको काठमाडौंको हावामा गाडी, मोटर र इँटाभट्टाको धुँवाधुलो मिसिएकाले प्रदूषण ह्वात्तै बढेको उनले बताए । आजको राजधानी दैनिकमा प्रशान्त वलीले खबर लेखेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij