Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

महसुल नबुझाउने १९ ग्राहकको विद्युत् लाइन कटान

महसुल नबुझाउने १९ ग्राहकको विद्युत् लाइन कटान

  • लहान । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि महसुल नबुझाउने १९ ग्राहकको विद्युत् लाइन काटेको छ । पटक–पटक विद्युत महसुल बुझाउन ताकेदा गर्दा समेत लामो समयसम्म महसुल नबुझाई अटेर गर्ने ग्राहकको लगत तयार गरी विद्युत् लाइन काट्न शुरु गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख जितेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

    onlinepatrika
    Arghakhachi

    लाइन काट्न शुरु गरेको दुई दिनभित्र १३ ग्राहकको लाइन काटिएको र थप ग्राहकहरुको विद्युत् लाइन काट्ने काम भइरहेको प्रमुख यादवको भनाइ छ । प्रमुख यादवका अनुसार पहिलो चरणमा रु ५० हजारभन्दा बढी महसुल बक्यौता भएका ग्राहकको विद्युत् लाइन काट्न थालिएको छ ।  लामो समयदेखि ग्राहकले विद्युत् महसुल नतिर्दा प्राधिकरणले रु ३० करोड १६ लाख ३७ हजार २०७ बक्यौता असुल्न बाँकी रहेको जनाएको छ ।
     
    गार्हस्थ्य मिटरतर्फ रु १९ करोड १४ लाख ५१६, व्यापारिक मिटरतर्फ रु ९९ लाख ७१ हजार ४३९, गैरव्यापारिक मिटरतर्फ रु एक करोड ५८ लाख र औद्योगिक मिटरतर्फ रु चार करोड २६ लाख ३८ हजार ८३५ बक्यौता रकम उठाउन बाँकी रहेको प्रमुख यादवले बताउनुभयो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij