Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

जनताको मन जित्दै झापा गाउँपालिका

जनताको मन जित्दै झापा गाउँपालिका

  • झापा । झापा गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि जनताको मन जित्ने धेरै कामहरु भएका छन् । दक्षिणपूर्वी भारतको बिहारसँग सिमाना जोडिएको गाउँपालिकामा जनतालाई अँध्यारोबाट मुक्त बनाउने, उपचारमा सहयोग गर्ने र फुसको छानारहित बनाउने काम भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    तीन वर्षअघिसम्म पालिकाको आधा गाउँ अँध्यारो थियो । सात वडा रहेको पालिकाका दुर्गम र अतिविपन्न समुदाय बसोबास गर्ने स्थानमा बिजुलीको पोलसमेत पुगेको थिएन । ‘जहाँ टोल त्यहाँ पोल र बिजुली’को अभियान चलाएर पालिकालाई अँध्यारोबाट मुक्त बनाइएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताउनुभयो । उहाँले एक हजार बिजुलीको पोल पालिकामार्फत नै खरिद गरेर टोलटोलमा बिजुली बत्ती पुर्याएको बताउनुभयो । आन्तरिक आम्दानीको स्रोतसमेत कम रहेको गाउँपालिकाको बजेट सानो रहे पनि उहाँले जनताको आवश्यकताअनुसार गरेको बताउनुभयो ।

    AGNI GROUP

    पालिकाले दोस्रो महत्वपूर्ण कामका रूपमा ‘फुसको छानो हटाऊ, टिनको लगाऔँ’ अभियान सञ्चालन गरिरहेको छ । उहाँले सहारा नेपालद्वारा सञ्चालित ह्याविटेड फर नेपालसँगको सहकार्यमा २०० भन्ला बढी विपन्नको घर निर्माण गरेर हस्तान्तरण गरेको जानकारी दिनुभयो । दुवै संस्थाको ५०÷५० प्रतिशतको लगानीमा थप २५० घर निर्माण भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यही आर्थिक वर्षभित्रमा फुसको छानो मुक्त गाउँ बनाउँछौँ ।”

    उहाँले हेर्दा सामान्य लागे पनि जनताको हितमा हुने थप काम गरिहेको जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाभित्रका नेपाली नागरिकता भएको व्यक्तिहरुको मृत्यु भएमा काजकिरिया खर्चस्वरुप प्रत्येक व्यक्तिको परिवारलाई रु आठ हजार नगद प्रदान गरिन्छ । पालिकाका उपप्रमुख कुन्तीदेवी बुढाथोकीका अनुसार नेपाल रेडक्रस सोसाइटीसँग मिलेर पालिकाभित्रका बासिन्दा बिरामी भएर रगत चाहिएमा खर्चको समेत व्यवस्था गरिएको छ । उहाँले जुनसुकै रोगका बिरामीले रगत प्रयोग गरे पनि पालिकामा बिल पेश गरेर भुक्तानी दिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

    अन्य पालिकाको तुलनामा यस पालिकामा बर्सातको समयमा डुबानसँगै बाढीबाट प्रभावित हुनेको सङ्ख्या धेरै छ । ठूलोमाई र सानोमाई दुवै नदीमा बलियो र भरपर्दो तटबन्धन नहुँदा यो पालिका सधैँ डुबानमा पर्दा धेरैभन्दा धेरै विपन्न समुदायका मानिसलाई सर्पले टोक्ने गर्छ । पालिका अध्यक्ष साहले सर्पदंशका बिरामीको सम्पूर्ण खर्च गत वर्षदेखि गाउँपालिका आफैँले गर्दै आएको बताउनुभयो । “उपचार गर्ने पैसा नहुँदा गरिबले त्यसै मर्नुपर्छ”, उहाँले भन्नुभयो, “सबैको उपचारमा पहुँच पुर्याउन गाउँपालिकाले उपचारको शुल्क तिरिदिन शुरु गरेको हो ।” सो क्षेत्रमा सर्पले टोकेमा छिमेकी कनकाई नगरपालिकामा सहारा नेपालद्वारा सञ्चालित सहारा सर्पदंश उपचार केन्द्रमा उपचार गर्न पठाइने गरिएको छ ।  

    झापा गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि पालिकाकै बजेटमा २० किलोमिटर कालोपत्रसहितको पक्की सडक निर्माण भएको छ । अध्यक्ष साहले सातवटै वडाका विभिन्न स्थानमा गरी २० किलोमिटर कालोपत्रसहितको सडक निर्माण गरेको बताउनुभयो । “सबै टोलटोलमा पक्की सडक पुर्याउने लक्ष्य छ”, उहाँले भन्नुभयो, “आगामी दुई वर्षभित्रमा पुर्याउँछौँ, द्रुतगतिमा काम भइरहेको छ ।” उहाँका अनुसार सबै टोलमा ग्राभेल बाटो पुगिसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij