Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकामा कार्यरत कर्मचारीका लागि कार्यालय व्यवस्थापन, जिन्सी खरिद र लेखासम्बन्धी तीनदिने तालीम सम्पन्न भएको छ । नमोबुद्ध नगरपालिकाले आयोजना गरेको तालीममा नमोबुद्ध नगरपालिकाका ३२ र रोशी गाउँपालिकाका छ गरी ३८ कर्मचारीको सहभागिता थियो ।
तालीमको समापन कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले कर्मचारीले कार्यान्वयन गर्ने भएकाले जनप्रतिनिधिले तयार पारेका नीतिलाई तालीमले त्यसमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले विगतमा पनि कर्मचारीलाई क्षमता विकासका लागि तालीम प्रदान गरिएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने उहाँले बताउनुभयो । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले तालीमले कर्मचारीमा अध्ययनको दायरा बढाउने बताउनुभयो । तालीममा सिकेका कुरालाई व्यवहारमा उतार्न कर्मचारीलाई आग्रह गर्दै उहाँले आगामी दिनमा पनि क्षमता विकासका लागि त्यस्तै तालिम आयोजना गर्ने बताउनुभयो ।
सहभागीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव नारायण अधिकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव बाबुराम ज्ञवाली, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल तथा नमोबुद्ध नगरपालिकाका लेखा अधिकृत रिपुध्वज केसीले प्रशिक्षण दिनुभएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij