Logo

Aug 08 2025 | २०८२, साउन २३ गते

Aug 08 2025 | २०८२, साउन २३ गते

पासाङल्हामु राजमार्ग सुधार शुरू

पासाङल्हामु राजमार्ग सुधार शुरू

  • रसुवा । पासाङल्हामु राजमार्गअन्तर्गत धुञ्चे–स्याफ्रुबीच सानुभार्खु तथा याङयाङ क्षेत्रको सडक मर्मत कार्य शुरू भएको छ । रसुवा तथा नुवाकोट जिल्लाका सडक मार्ग हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटले पासाङल्हामु राजमार्गअन्तर्गत रसुवा जिल्लाको सानुभार्खु खोल्छा आसपासको असहज स्थानमा ग्याविन पर्खाल लगाउने काम अगाडि बढाएको हो । बाह्र घुम्ती क्षेत्रको सतहमा बिग्रिएका सडकसमेत मर्मत अगाडि बढाएकोे छ ।

    images
    images
    images

    समयमै राजमार्ग मर्मतको थालनीले नेपालको उत्तरी नाका रसुवागढीबाट आयात निर्यात हुने सामग्रीको साथै रसुवामा सञ्चालित विद्युत् आयोजनामा एवं अन्य विकास निर्माणका सामग्री ढुवानीमा सहज हुने आशा बढ्न थालेको छ । सडक सतहमा गत वर्ष भएको सामान्य मर्मत सुधारले खाद्यान्न ढुवानीका साथै नियमित चल्ने यात्रुवाहक बस तथा एम्बुलेन्सलगायतका सवारी साधन चलाउन केही सहजता आइसकेको सवारी चालकले बताएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij