Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

बागलुङमा कृषि ज्ञान केन्द्र स्थापना

बागलुङमा कृषि ज्ञान केन्द्र स्थापना

  • बलेवा । बागलुङमा कृषि ज्ञान केन्द्र स्थापना भएको छ । सङ्घीयता कार्यान्वयनसँगै जिल्ला कृषि विकास कार्यालय खारेज भएपछि बागलुङमा कृषिसँग सम्बन्धित कार्यालय थिएन । कृषि ज्ञान केन्द्र पर्वतबाट प्रवाह हुने सेवाले किसानको पहुँच पुग्न नसकेको भन्दै बागलुङमै ज्ञान केन्द्र सञ्चालनमा ल्याइएको हो । गण्डकी प्रदेश सरकारले सबै जिल्लामा कृषि ज्ञान केन्द्र सञ्चालन गर्ने निर्णय भएसँगै बागलुङमा कार्यालय सञ्चालनमा आएको हो । बागलुङमा साबिक कृषि विकास कार्यालयको भवन बागलुङ नगरपालिकाले प्रयोग गरेकाले सोही भवनको एउटा कोठाबाट कार्यालय सञ्चालन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रदेश सरकारले भवन खाली गरिदिन बागलुङ नगरपालिकालाई पत्राचार गरेको भए पनि भवन खाली नभएपछि एउटा कोठाबाट कार्यालयको शुरुआत भएको हो । कृषि ज्ञान केन्द्र पर्वतको सम्पर्क कार्यालयका रुपमा रहेको ठाउँमा कृषि ज्ञान केन्द्र बागलुङको स्थापना भएको कार्यालय प्रमुख भानु भट्टराईले जानकारी दिनुभयो । बागलुङ पर्वत हेर्ने गरी पर्वतमा कृषि ज्ञान केन्द्र राख्दा यहाँका किसानले झन् बढी सास्ती खेप्नु परेको भन्दै आलोचना भएपछि गण्डकी प्रदेश सरकार ११ जिल्लामै कृषि ज्ञान केन्द्र सञ्चालन गर्ने निर्णय गरेअनुसार नै बागलुङमा कृषि ज्ञान केन्द्रको कार्यालय स्थापना भएको उहाँको भनाइ छ ।

    AGNI GROUP

    कृषि विकास निर्देशनालय गण्डकी प्रदेशमा वरिष्ठ कृषि अर्थ विज्ञका रुपमा काम गर्दै आउनुभएका भट्टराईले पुस २० गतेदेखि कृषि ज्ञान केन्द्र बागलुङको प्रमुखका रुपमा खटाइएको छ । एउटा कोठामा रहेको सम्पर्क कार्यालय अब १२ जना कर्मचारीको दरबन्दीसहित कृषि ज्ञान केन्द्र स्थापना भएको छ । अहिले कार्यालय प्रमुखसहित तीनजना मात्रै कर्मचारीले काम शुरु गरेका छन् । बागलुङ नगरपालिकाले भवन खाली नगरी दिएपछि एउटै कोठाबाट कृषि ज्ञान केन्द्रको सेवा शुरु गरेको उहाँले बताउनुभयो ।

    ज्ञान केन्द्र स्थापना भएपछि किसानलाई सहयोग पुग्ने विश्वास लिइएको छ । प्रदेश सरकारले सञ्चालन गर्ने कार्यक्रमहरु र प्रविधि तथा प्राविधिक ज्ञान हस्तान्तणका लागि सहज हुने उहाँले बताउनुभयो । “ज्ञान केन्द्र नजीकमा हुँदा टाढा पुगेर सेवा लिनुपर्ने झन्झट कम हुन्छ”, जैमिनी नगरपालिकाका किसान मोती पौडेल भन्नुहुन्छ, “पहिले नै खारेज नहुनु पर्ने कार्यालय थियो, अहिले नाम परिवर्तन भएर आएको छ, हामी खुशी छौँ ।” कार्यालय नहुँदा सरोकारवालालाई जिल्लागत तथ्याङ्क तयार गर्नसमेत कठिन हुने गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij