Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

ओडारमा बस्ने वृद्धासहित चारको उद्धार

ओडारमा बस्ने वृद्धासहित चारको उद्धार

  •  काठमाडौं । नौ महिनादेखि ओडारमा बस्दै आएकी वृद्धा महिलासहित चार जनालाई उद्धार गरिएको छ । सडक मानवमुक्त कर्णाली प्रदेश घोषणाको कार्यन्वयनस्वरुप भइरहेको अभियानअन्तरगत आज जिल्ला प्रशासन कार्यालयको समन्वय र चन्दननाथ नगरपालिकाको सहयोगमा महिलासहित चार जनाको उद्धार गरिएको हो । चन्दननाथ–३ स्थित गच्चु साँघु ओडारमा बस्दै आएकी दैलेख स्थायी घर बताउने वृद्धा कमला कुमाई, चन्दननाथ–९ निवासी पुनी तिरुवा, तातोपानी गाउँपालिका–५ निवासी बाहुनी लाटी र सिञ्जा गाउँपालिका घर बताउने प्रेमकली नेपालीलाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो ।
     
     उहाँले भन्नुभयोे, “यही पुस १६ गते सडक मानवको तथ्यांक सङ्कलन गरी सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा उद्धार गर्ने तथा आश्रयका लागि सुर्खेत पठाउने निर्णय भएअनुसार पहिलो चरणमा चार जनाको उद्धार गरिएको हो ।” उद्धार गरी पठाइएका चार महिलामध्ये एक जना स्पष्ट बोल्न नसक्ने र शारिरिक अपाङ्ग भए पनि अन्य तीन जना भने मानसिक समस्या भएका छन् । शारीरिक तथा मानसिक रुपमा अपाङ्ग भएका सडक मानवलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा सुर्खेतस्थित मानव सेवा आश्रममा पठाइएको प्रजिअ थापाले जानकारी दिनुभयो ।

    onlinepatrika
    Arghakhachi

     प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले चार जनालाई लिएर चन्दननाथ नगरपालिकाका विपद् व्यवस्थापन संयोजक लक्ष्मीचन्द्र न्यौपाने सुर्खेत लगेर जानुभएको बताउनुभयो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij