Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

काठमाडौं । आहा रारा गोल्डकपबाट रु १८ लाख ९७ हजार बचत

काठमाडौं । आहा रारा गोल्डकपबाट रु १८ लाख ९७ हजार बचत

  • काठमाडौं । सहारा क्लब पोखराको आयोजनामा गत वर्ष सम्पन्न  १८औँ संस्करणको राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताबाट रु १८ लाख ९७ हजार ६५७ बचत भएको छ ।गत वर्ष फागुन २१ देखि चैत १ गतेसम्म पोखरा रङ्गालामा सञ्चालन भएको प्रतियोगिताबाट रु ८८ लाख १० हजार ३६६ आम्दानी भएकामा प्रतियोगिता सम्पन्न गर्न रु ६९ लाख १२ हजार ७०९ खर्च भएर सो रकम बचत भएको क्लबले आज विज्ञप्तिमार्फत जनाएकोे हो ।प्रतियोगिताबाट बचत रकम पोखरा महानगरपालिका–१७ दोविल्लामा क्लबद्वारा सञ्चालित फुटबल एकेडेमीका बालकको आवास तथा शिक्षादिक्षामा खर्च गरिने क्लबका अध्यक्ष केशवबहादुर थापाले बताउनुभयो । सहाराले एक दशक भन्दाअघिदेखि एकेडेमी सञ्चालन गरेर देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरराष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्दै आएको छ ।

    onlinepatrika
    Arghakhachi

     प्रतियोगिताको प्रवेश टिकटबाट रु २८ लाख सात हजार ४७०, व्यानर तथा आर्थिक सहयोगबाट रु १६ लाख ६८ हजार ७७२, सिजनल टिकटबाट रु३६ हजार, बैंक व्याज आम्दानीबाट रु ४२ हजार १४५ आम्दानी भएको प्रतियोगिताका आर्थिक संयोजक सुनिल गुरुङले जानकारी दिनुभयो ।प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्सबाट रु १२ लाख ५१ हजार, गण्डकी प्रदेश सरकारबाट रु १० लाख, राष्ट्रिय खेलकूद परिषद्लगायतका संस्था लगायतबाट सहयोग प्राप्त भएको क्लबले जनाएको छ ।प्रतियोगितामा खेलाडी दैनिक भ्रमण खर्चबापत रु २५ लाख सात हजार १६८, प्रोत्साहन खर्च रु १६ लाख १२ हजार, प्रतियोगिता सञ्चालन तथा व्यव्स्थापनमा रु छ लाख ८२ हजार ७५० लगायतका शीर्षकमा खर्च भएकोे क्लबका कोषाध्यक्ष राजु लालचनले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोनाका कारणले गर्दा अझै पनि केही रकम सङ्कलन हुन बाँकी रहेकाले आयव्यय सार्वजनिक गर्न ढिलाइ भएको हो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij