Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

बैरियाको स्वास्थ्य शिविरमा २४३ को उपचार

बैरियाको स्वास्थ्य शिविरमा २४३ को उपचार

  • काठमाडौं । नेपाली सेनाले रौतहटको राजपुर नगरपालिका– ९ बैरियामा सञ्चालन गरेको स्वास्थ्य शिविरमा पुगेर २४३ स्थानीयले उपचार सेवा लिएका छन् । नागरिक सैनिक सम्बन्ध सुदृढ तुल्याउने उद्देश्यले गत सोमबार सञ्चालन गरिएको उक्त निःशुल्क स्वास्थ्य शिविरमा स्थानीयलाई जनरल तथा डेन्टल उपचार सेवा प्रदान गरिएको थियो । 

    onlinepatrika
    Arghakhachi

    उक्त स्वास्थ्य शिविरबाट ११० महिला, १०१ पुरुष र ३२ बालबालिकाले उपचार प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाको नं २८ बाहिनी र त्यहा रहेको घुम्ती एम्बुलेन्स गुल्म, नेपाल औषधि उत्पादक सङ्घ, प्रदेश नं २ सामाजिक विकास मन्त्रालय, सैनिक अस्पताल पोखरा र इन्द्रबक्स गण सहकार्यमा उक्त शिविर सञ्चालन गरिएको थियो ।कोभिड–१९ का कारण स्वास्थ्य सेवाबाट बञ्चित दुर्गम तथा पिछडिएको क्षेत्रका नागरिकलाई स्थान विशेषमै पुगेर निःशुल्क औषधि तथा स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यलाई सेनाले प्राथमिकता दिँदै आएको छ । यस्ता कार्यले सैनिक नागरिक सम्बन्धलाई थप सुदृढ तुल्याउन योगदान पुग्ने सेनाले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij