
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौं । जाजरकोटको छेडागाड नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । शिवालय गाउँपालिका–९ का ४७ वर्षीय धनबहादुर बुढा र छेडागाड नगरपालिका १ का ४२ नरबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयकी वरिष्ठ हवल्दार पार्वती शाहले जानकारी दिनुभयो ।
नगरपालिकाको १ र ११ को सिमानामा पर्ने छेडा खोलामा बिहीबार अपराह्न ४ः३० बजे माछा मार्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको शाहले जानकारी दिनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij